प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने लोसपाको निर्णय

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले प्रधानमन्त्री पुष्पकमल दहाललाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ । यसअघि लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपनि प्रतिपक्षी बेन्चमा बसेको थियो । लोसपाकोतर्फबाट प्रतिनिधिसभामा चार सांसद छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । यसअघि पुस २६ मा पनि पनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । एउटै कार्यकालमा प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिन लागेको यो दोस्रो पटक हो । वर्तमान सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायत रहेका छन् ।

‘स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्ने प्रक्रिया अघि बढेको छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्न प्रक्रिया अघि बढाएको बताएका छन् ।   आज...

कांग्रेसले बोलायाे संसदीय दलको बैठक

काठमाडौं  । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।   संसदीय दल कार्यसमितिको बैठक...

मेलम्ची खानेपानी शुक्रबारदेखि बन्द हुने

काठमाडौं । मेलम्ची खानेपानी शुक्रबारदेखि बन्द गरिने भएको छ ।   मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको...

मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेषले...

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।   झापा स्थित मेचीनगर...

पशुपति मन्दिरको भेटी चोरी प्रकरण : चारजनालाई पुर्पक्षको लागि थुनामा

काठमाडौं । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी प्रकरणमा जिल्ला अदालत काठमाडौंले चारजना प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ...

.