बुढीनन्दा क्याम्पसमा अनेरास्ववियु र गठबन्धनका विद्यार्थीबीच झडप

स्टार संवाददाता
स्टार संवाददाता

कैलाली । बाजुराको बुढीनन्दा क्याम्पसमा स्ववियु निर्वाचनको मतदान चलिरहँदा नेकपा एमालेनिकट अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकट वाम लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरूबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराका अनुसार मतदानको क्रममा विद्यार्थी संगठनका नेताबीच झडप भएको हो ।

मतदानको क्रममा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि प्रहरीले भिड नियन्त्रण गर्नका लागि अश्रुग्यास र हवाई फायर गरेको डीएसपी बोहोराले नेपाल लाइभलाई जानकारी दिए । बोहोराले अहिले स्थिति नियन्त्रणमा आइसकेको जानकारी दिए। दुवै पक्षको सहमतिपछि अहिले शान्तिपूर्ण तरिकाले मतदान सुरु भएको जानकारी दिए ।

मतदान सुरु भएलगत्तै विवाद भएकोमा समस्या हल गरेर मतदान सुचारु गरिएको थियो ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।  ...

‘न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ’

काठमाडाैं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने...

पूर्वराष्ट्रपत भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेकाे छ...

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि शरणार्थी प्रकरणको मुद्दा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।   सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति...

समाजमा नकारात्मक असर पार्ने सामग्री प्रकाशन नगर्न नेपाल प्रहरीकाे आग्रह

काठमाडाैं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीको प्रकाशन तथा प्रशारण नगर्न आमसञ्चार माध्यामलाई आग्रह गरेको छ ।...

.