प्रधानमन्त्री प्रचण्ड र देउवाले गरे उपराष्ट्रपतिका लागि मतदान


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपति पदका लागि संघीय संसदमा जारी निर्वाचनमा मतदान गरेका छन् । संघीय संसद भवनको ल्होत्से हलमा जारी निर्वाचनका क्रममा दुवैजनाले केही बेर अघि मतदान गरेका हुन् ।
उपराष्ट्रपतिका लागि प्रचण्ड र देउवाले रामसहाय प्रसाद यादवलाई समर्थन गरेका छन् । जारी मतदानमा दिउँसो १२ बजेसम्मको मतदानमा प्रदेशतर्फ ३८३ र संघतर्फ २१२ मत खसेको छ । निर्वाचनमा संघीय संसद्का ३३२ र प्रदेशसभाका ५५० सांसद मतदाता छन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझ ६ बजेसम्म मतपरिणाम सार्वजनिक गरिने उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति पदमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाका रामसहाय यादव र जनमतकी ममता झा उम्मेदवार छन् । यादवलाई सत्ता गठबन्धन दल कांग्रेस, माओवादी, नेकपा एसलगायत दलको समर्थन छ ।
नेपाल एयरलाइन्सद्वारा अपाङ्गता भएका यात्रुलाई हवाई भाडा छुट गर्ने
काठमाडौं । नेपाल एयरलाइन्सले अपाङ्गता भएका यात्रुलाई हवाई भाडा छुट गर्ने भएकाे छ । आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका...
गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले ५ लाख दिने
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैयाँ...
विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण
काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...