कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की नियुक्त

स्टार संवाददाता
स्टार संवाददाता

विराटनगर । हिमाल कार्की नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको उपनेतामा नियुक्त भएका छन् । कांग्रेस उदयपुरका जिल्ला सभापति कार्कीलाई संसदीय दलका नेता उद्धव थापाले उपनेता नियुक्त गरेका हुन् ।

थापा नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् भने उपनेता कार्की सभापति शेरबहादुर देउवा पक्षका हुन् । उनी राजेन्द्र राई नेतृत्वको सरकारमा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री भएका थिए । उनी उदयपुरको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को २ बाट निर्वाचित भएका थिए ।

उपनेता चुनिएका कार्की पहिलो कार्यकालमा पनि यही जिम्मेवारीमा थिए । प्रदेश सभाको अन्तिम वर्षमा कांग्रेस सरकारमा सामेल हुँदा उनैले पार्टीको नेतृत्व गरेका थिए । उनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।

अमेरिकासँग बंगलादेश पराजित

काठमाडौं । टी-२० सिरिजको दोस्रो खेलमा अमेरिकासँग बंगलादेश पराजित भएको छ । गएराती भएको खेलमा अमेरिकासँग बंगलादेश ६ रनले...

राजस्थान र हैदरावादबीच प्रतिस्पर्धा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा आज राजस्थान रोयल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा हुने भएको छ...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाकाे बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागी बोलाइएको छ...

सहकारी छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) को टुङ्गो लगाउन कार्यदलको बैठक आज पनि बस्ने भएको...

प्रतिनिधिसभामा आज सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । बिहान ११ बजे बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित...

.