विशेष अदालतको फैसला अन्यायपूर्ण भएको न्यौपानेको भनाई, भन्छन् -‘जरिबाना तिर्न सक्दिनँ’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बद्री न्यौपानेले आफूमाथि गरिएको जरिवाना र कैदको फैसला अन्यायपूर्ण रहेको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले देशभर कतै जग्गा नरहेको र बैंक ब्यालेन्स पनि नरहेकाले रुँदै आफूले अदालतको जरिबाना तिर्न नसक्ने बताएका हुन् ।

पूर्वमन्त्री न्यौपानेले आफ्नो राजनीति सिध्याउन वाह्य र भित्रि शक्ति मिलेर पूर्वाग्रही फैसला गरिएको दाबीसमेत गरेका छन् । तर, न्यायालयबाट भएको फैसला अन्यायपूर्ण भए पनि आफूले स्वीकार गर्ने न्यौपानेको भनाइ छ । भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट उनलाई ९ वर्ष ६ महिना कैद सजाय सुनाइएको छ ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएका कारण एकै व्यक्तिलाई ३ वटा सजाय गरिएको बताए । विशेष अदालतको फैसलाविरुद्ध सर्वोच् अदालतमा पुनरावेदनका लागि जान आफूसँग पैसासमेत नभएको भन्दै उनले आफूसँग जरिवाना तिर्नसक्ने, धरौटी राख्न सक्ने वा बैंक ग्यारेन्टी दिनपनि सक्ने आर्थिक हैसियत नभएको बताएका हुन् ।

एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...

लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ ।   महालेखा नियन्त्रक कार्यालयले बिहीबार...

एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे

काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् ।   त्रिपुरेश्वरस्थित दशरथ...

माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् ।   शुक्रबार...

त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ ।   भन्सार...

खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो

काठमाडौं  : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् ।   केन्द्रीय...

.