पौडेल राष्ट्रपति बनेपछि तनहुँ १ मा उपनिर्वाचन, को-को छन् कांग्रेसबाट दाबेदार ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपचुनावको मिति घोषणा नभए पनि नेपाली कांग्रेसबाट तीनजनाले आफ्नो उम्मेदवारी दाबी पेश गरेका छन् । रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त बनेको तनहुँ क्षेत्र नम्बर १ को उपचुनावका लागि केन्द्रीय सदस्य गोविन्द भट्टराई, नेता रामचन्द्र पोखरेल, दिपक भट्टराईले दाबी पेश गरेका हुन् ।

रामचन्द्र राष्ट्रपति उम्मेदवार बनेलगत्तै केन्द्रीय सदस्य तथा नेविसंघका पूर्व अध्यक्ष सहित रहेका भट्टराईले सभापति शेरवहादुर देउवालाई भेटेर आफूमाथि न्याय हुनुपर्ने बताएका थिए । उनले आफूलाई सभापतिले उपचुनावको तयारीमा लाग्न भनिसकेको बताएका छन् । सोही क्षेत्रबाट कांग्रेसका पूराना नेता पोखरेलले पनि उम्मेदवार बन्नका लागि सार्वजनिक रुपमै लबिङ गरेका छन् ।

त्यस्तै, कांग्रेसबाट तनहुँ १ मा युवा नेता दिपक भट्टराईले पनि दावी गरेका छन् । त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति र नेविसंघको महामन्त्री भइसकेका भट्टराई हाल महाधिवेशन प्रतिनिधि छन् ।

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

.