सरकारले बढायो रासायनिक मलको मूल्य, प्रतिकिलो कति ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सरकारले रासायनिक मलको मूल्य बढाएको छ । सरकारले रासायनिक मलमा दिंदै आएको अनुदान कटौती गरेसँगै मलको मूल्य बढेको हो ।

फागुन २६ अघिको तुलनामा अब युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र पोटास किलोमा ९ रुपैयाँले बढेको छ । बढेको मूल्यअनुसार अब युरिया मलको प्रतिकिलो किसान मूल्य २५ रुपैयाँ, डीएपीको ५० रुपैयाँ र पोटासको ४० रुपैयाँ कायम भएको छ । यस अघि १४ रुपैयाँमा युरिया, ४३ रुपैयाँमा डीएपी र ३१ रुपैयाँ किलोमा पोटास किन्न पाइन्थ्यो ।

सरकारले रासयानिक मलमा किसानलाई दिंदै आएको अनुदान घटाउने नीति लिएअनुसार सरकारले दिने अनुदान घटाउँदा किसानलाई बेच्ने मूल्य बढेको मन्त्रालयले जनाएको छ ।

माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् ।   शुक्रबार...

मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गर्‍यौँ : गभर्नर अधिकारी

काठमाडाैं । नेपाल नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गरिएको बताएका...

‘स्वदेशमै उत्पादित आलु-प्याजमा भ्याट लाग्दैन’

काठमाडौं । आन्तरिक राजश्व विभागले स्वदेशमै उत्पादित आलु-प्याजमा भ्याट नलाग्ने बताइएकाे छ ।   आलु र प्याजको बिक्रीमा भ्याट...

राष्ट्र बैंकको बोर्डलाई बोलाएर अर्थतन्त्र चलायमान हुने व्यवस्था गर्न अर्थमन्त्रीकाे निर्देशन

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अघिल्लो दिन राष्ट्रबैंकको...

सुनचाँदीको मुल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । शुक्रबार सुनको मुल्य बढेको छ । बिहीबार १ लाख १८ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुन...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

.