एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई संसदीय दलको उपनेतामा मनोनीत गरेको छ । पार्टी अध्यक्षसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई उपनेता चयन गरेका हुन् ।

उपरोक्त सम्बन्धमा, तपाईँलाई नेकपा एमाले संघीय संसदीय दलको उपनेतामा मनोनयन गरेको छु । तदनुरूप यस पदको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुहुनेछ भन्ने विश्वास लिएको छु’, ओलीद्वारा हस्ताक्षरित नियुक्ति पत्रमा भनिएको छ ।

यसअघि नेम्वाङ फागुन २५ मा भएको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार रहेका थिए । सो निर्वाचनमा रामचन्द्र पौडेलसँग पराजित भएका नेम्वाङलाई ओलीले लगत्तै उपनेतामा मनोनीत गरेका हुन् । नेम्वाङ यसअघि पनि दलको उपनेताको जिम्मेवारीमा थिए ।

संसदमा नयाँ विधेयक दर्ता

काठमाडाैं । ऊर्जा मन्त्रालयले प्रतिनिधिसभा र राष्ट्रिय सभामा दुई विधेयक दर्ता गरेको छ ।   आज बसेको प्रतिनिधिसभा बैठकमा...

‘सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद् डा.आरजु राणाले सरकारले विशेष व्यापारिक समूहलाई कर छल्न सजिलो हुने बजेट ल्याएको बताएकी छन्...

नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव निष्काशित

काठमाडाैं । नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव निष्काशित भएका छन् ।   समाजवादी पार्टीले आज विज्ञप्ति जारी गरी...

‘बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन’

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् पशुपतिशमशेर जबराले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न...

सांसद् केसीको दाबी-संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद् चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितर्फ लगिरहेको दाबी गरेका छन् ।   आज बसेकाे प्रतिनिधिसभा...

त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८९ ग्राम सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।   शनिबार साझाँ...

.