रामचन्द्रलाई बधाई दिँदै गगनले भने-‘राष्ट्रपति राजा जस्तो होइन, नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा छ’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति संस्था राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको संस्था नभएको बताएका छन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिँदै महामन्त्री थापाले रामचन्द्र पौडेललाई राजा जस्तो राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने इच्छा भएको बताएका हुन् ।

उनले भने, ‘नेपालको राष्ट्रपति, राजा वा राजसंस्थाको अधिकारलाई प्रतिस्थापन गरेर बनेको वा त्यो संस्थाको निरन्तरता होइन । यो संविधानको रक्षार्थ दृढ रहने एउटा नागरिक राष्ट्राध्यक्षको चाहना हो । रामचन्द्र पौडेललाई राजा जस्तो राष्ट्रपति होइन नागरिक राष्ट्राध्यक्षको रुपमा हेर्ने हाम्रो इच्छा छ ।’

महामन्त्री थापाले राष्ट्रपति संस्थालाई मर्यादित बनाउने जिम्मेवारी वा राष्ट्रपतिको मुख्य सल्लाहकार प्रधानमन्त्री नै भएको बताएका छन् । विशिष्ट व्यक्तिको सवारी सुरक्षा दिने नाममा सडक खाली गराएर नागरिकलाई घण्टौंसम्म हिडडुल गर्न नदिने शैली बदल्न विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायतका विधि र प्रोटोकल परिमार्जनका लागि सरकारी निकायमा छलफल भइरहेको बताए ।

उनले भने, ‘राष्ट्रपति संस्थालाई मर्यादित बनाउने जिम्मेवारी पनि प्रधानमन्त्रीको हो । राष्ट्राध्यक्षलाई नियमित सु सुचित गर्नका लागि प्रधानमन्त्री र राष्ट्रपतिका बीचमा कम्तिमा महिनामा दुई पटक नियमित रुपमा भेटघाट गर्ने अभ्यास बसाल्नु आवश्यक छ । तत्काल बदलेर सरल र नागरिकमैत्री अभ्यास गर्ने गराउने दायित्व सरकारको हो । प्रारम्भदेखि नै सरकारले यसतर्फ ध्यान दिओस् र राष्ट्रपतिलाई नागरिक राष्ट्राध्यक्षको रुपमा प्रस्तुत गरोस् ।’

उनले कांग्रेसबाट राष्ट्रपतिमा निर्वाचित भएपछि अब सबंको अभिभावक बन्न आग्रह गरेका छन् ।

‘स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्ने प्रक्रिया अघि बढेको छ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्न प्रक्रिया अघि बढाएको बताएका छन् ।   आज...

कांग्रेसले बोलायाे संसदीय दलको बैठक

काठमाडौं  । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।   संसदीय दल कार्यसमितिको बैठक...

मेलम्ची खानेपानी शुक्रबारदेखि बन्द हुने

काठमाडौं । मेलम्ची खानेपानी शुक्रबारदेखि बन्द गरिने भएको छ ।   मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको...

मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । विशेष अदालतले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेषले...

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।   झापा स्थित मेचीनगर...

पशुपति मन्दिरको भेटी चोरी प्रकरण : चारजनालाई पुर्पक्षको लागि थुनामा

काठमाडौं । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी प्रकरणमा जिल्ला अदालत काठमाडौंले चारजना प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ...

.