छोरीको दर्जा सदैव उच्च – कलाकार मदनकृष्ण श्रेष्ठ

स्टार संवाददाता
स्टार संवाददाता

ललितपुर/२५ फागुन,  वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले छोरीको दर्जा सदैव उच्च भएको वताएका छन् । सफल महिला समुहले ‘११३ औँ अन्तरराष्ट्रिय नारी दिवस’ को अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्दै उनले छोरीको दर्जा सदैव उच्च रहेकाे तर्क गर्दै छाेरीमा करुणाका साथै दया र मायाको खानी हुने चर्चा गरेका हुन्। उनले छोरी भएर जन्मेकामा महिलाहरुले गर्व महसुस गर्नुपर्ने बताएका छन् ।

उनले भने, “छोरी भनेका हरेक घरका प्रकाश हुन । सबल मुलुक निर्माणमा छोरीको भूमिका असधै महत्वपूर्ण रहेको छ । छोरीले छोराले नगरेका काम गरेर देखाएका छन् ।” हरेक मानिसको आमा पनि एक छोरी भएरै आमा भएकी मत राख्दै उनले भगवान पछिको दोस्रो भगवान आमा हुने भएकाले छोरीको दर्जा सदैव उच्च रहने जिकीर गरे ।
छोरीले मुलुकका विभिन्न क्षेत्रमा थप नेतृत्वदायी भूमिका निर्वाह गर्न छोरा सरह कठोर भएर अघि बढ्नुपर्ने सुझाव श्रेष्ठले दिएका छन् । काठमाडौं उपत्यकाको रक्षा अष्ट मातृका देवीले गरिरहेका भनाई राख्दै उनले छोरीको भूमिकामा देवीले नेपालको समेत सुरक्षा गरिरहेका विचार व्यक्त गरे ।
विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गर्न सफल महिला पत्रकार कल्पना महर्जनको प्रशंसा गर्दै कलाकार श्रेष्ठले छोरी मानिसले चाहे जुनसुकै कामपनि फत्ते गर्न सक्ने उदाहरण समेत समस्त नारी माझ दिए ।
आरोही महर्जनले म पनि छोरा सरह बलवान छु भन्ने भावना लिएर आफू सगरमाथा आरोहण गर्न सफल भएको मत व्यक्त गर्दै हरेक नारीले आफूलाई बलवान सम्झनुपर्ने हिम्मतको कुरा राखिन् । उनले भनिन, “ छोरा र छोरीमा केही पनि चिजको अन्तर छैन । मात्रै मानिसको भावना र सोचमा फरक पाइएको हो । हामी छोरीहरुले आजको युगमा यस्ता सोच त्यागेर अघि बढेमा जिम्मेवार भूमिकामा रहन पाउनेछौँ । ” सन् २०१९ मा आफूले सगरमाथाको शिखरबाट ‘शिक्षाकोे माध्यमले समाजमा व्याप्त रहेको बालबिवाहको रोकथाम गर्ने’ उद्घोष गरेअनुरुप मुलुकको चार जिल्लामा काम गरिरहेको महर्जनले जानकारी गराइन्।
समुहकी निवर्तमान अध्यक्ष कविता खड्काले महिलाको शत्रु भनेकै महिला भित्र रहेको सोच तथा विचार रहेको भनाइ राख्दै अबको युगमा भय रहित अवस्थामा अघि बढ्दै आफ्नो लक्ष्य पुरा गर्न ध्यान दिनुपर्ने जिकीर गरिन।
समुहकी अध्यक्ष सुनिता खड्काले आफूहरुले समुह मार्फत पिछडीएका महिला र बालबालिकाका लागि काम गर्ने उद्धेश्यका साथ संस्था गठन गरी अघि बढिरहेको औँल्याइन् ।
सो समुहले आज ८ मार्च अर्थात अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारी ललितपुरको कर्णालीका रुपमा चिनिने दक्षिण ललितपुरका मानिसका जनजीवन बुझ्नाका साथै पर्यटन विकास गर्ने ध्ययेका साथ पैदल यात्राको सुरुवात गरेको छ । पैदल यात्रा अर्थात हाइकिङ्गमा करिव ३० जनाले सहभागिता जनाएका थिए ।

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगको स्पष्टीकरण

काठमाडाैं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ ।  ...

‘न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ’

काठमाडाैं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने...

पूर्वराष्ट्रपत भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने एमालेको निर्णय

काठमाडाैं । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मान गर्ने निर्णय गरेकाे छ...

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि शरणार्थी प्रकरणको मुद्दा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।   सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति...

समाजमा नकारात्मक असर पार्ने सामग्री प्रकाशन नगर्न नेपाल प्रहरीकाे आग्रह

काठमाडाैं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीको प्रकाशन तथा प्रशारण नगर्न आमसञ्चार माध्यामलाई आग्रह गरेको छ ।...

.