राष्ट्रपति निर्वाचनका सन्दर्भमा मतदातालाई प्रशिक्षण दिने गठबन्धनको निर्णय

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सत्ता गठबन्धनका दलहरूले राष्ट्रपति निर्वाचनका सन्दर्भमा आफ्ना मतदातालाई प्रशिक्षण दिने निर्णय गरेका छन् । सिंहदरबारमा मंगलबार बसेको सत्ता गठबन्धनको राष्ट्रपति निर्वाचन परिचालन समितिको बैठकले यस पटक यसअघि भन्दा फरक ढङ्गले राष्ट्रपतिको निर्वाचन हुन लागेकाले आवश्यक प्रशिक्षण दिने निर्णय गरेको हो ।

प्रशिक्षणका लागि मतदानमा सहभागी हुने सदस्यहरूलाई बुधबार ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको छ । बैठकपछि काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा मतदानका लागि प्राविधिक तयारी गरिएको जानकारी दिए ।

उनले देशभरबाट आएका मतदाताहरूलाई अभिमुखीकरण गर्ने कार्यक्रम तय भए पनि निर्वाचन आचारसंहिता लागू भएकाले सो कार्यक्रम स्थगित भएको जानकारी दिए । त्यस्तै जसपाका नेता राजेन्द्र श्रेष्ठले निर्वाचनका सम्बन्धमा गर्नुपर्ने सबै कामलाई व्यवस्थित गर्न सम्बन्धित दलले तयारी गर्ने निर्णय भएको बताए ।

गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले ५ लाख दिने

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैयाँ...

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण

काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्‍मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय...

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

.