‘संविधानको संरक्षक र एकताको प्रतीककारूपमा काम गर्ने राष्ट्रपतिमा मेरो उम्मेदवारी हो’ : नेम्वाङ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रपति पदमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले आफू राष्ट्रपतिमा विजयी भएको अवस्थामा संविधान र कानुनबमोजिम चल्दै देशको अभिभावक, संविधानको संरक्षक र एकताको प्रतीकका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपतिले सरकार र देशलाई सहयोग गर्न सक्ने ठाउँ भएको भन्दै त्यसअनुसार आफू क्रियाशील बन्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

संविधानको संरक्षण र पालना गर्न आफ्नो उम्मेदवारी उपयुक्त रहेको बताएका छन् । यस आधारमा जित हासिल गर्नेमा आफू विश्वस्त रहेको उनले भनाई थियो । उनले भने, ‘जनताले जनताका लागि पहिलोपटक संविधान’ भन्ने मान्यताका साथ निर्माण गरी जारी गर्‍यो । यो संविधानको संरक्षण र पालना गर्न मेरो उम्मेदवारी उपयुक्त छ, यही आधारमा मलाई विजय प्राप्त हुन्छ भन्ने विश्वास छ ।’

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि एमालेको तर्फबाट नेम्वाङले उम्मेदवार दर्ता गराएका छन् भने नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका ८ दलको समर्थनमा कांग्रेस नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

‘शिक्षा ऐन छिटो निर्माण गर्न अर्डिनेट गर्ने मेरो भूमिका छ’

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले लामो समयदेखि थन्किएको ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न...

सिमलताल बस दुर्घटनाबारे अध्ययनका लागि कार्यदल बनाउने गृहमन्त्री लेखकको पहिलो निर्णय

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । आज मन्त्रीमा नियुक्त भएका...

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।   आज पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार...

खानेपानी मन्त्री यादवले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् ।   आज सिंंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुगेर उनले...

स्वास्थ्य मन्त्री पौडेलले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् ।   आज राष्ट्रपति कार्यालय शीतल...

शिक्षा मन्त्री विद्या भट्टराईले गरिन् पदभार ग्रहण

काठमाडौं । नवनियुक्त शिक्षा मन्त्री विद्या भट्टराईले पदभार ग्रहण गरेकी छन् ।   शपथ ग्रहणलगत्तै मन्त्रालय पुगेर एमाले नेतृ...

.