सञ्चारमाध्यमहरु कन्टेन्ट छाडेर नेताको प्रचारप्रसारमा लागेको सभामुख घिमिरेको आरोप


काठमाडौं । सभामुख देवराज घिमिरेले संसद र अन्य संघसंस्थाहरुमा महिलाहरुको सक्रियता र सहभागिता बढिरहे पनि सञ्चारमाध्यमहरुले त्यस अनुसार प्रचारप्रसार नगरेको आरोप लगाएका छन् । शुक्रबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित मिडियामा महिलाका विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिलाहरुको सहभागिता र सक्रियता अनुसारको प्रचार हुन नसकेको आरोप लगाएका हुन् ।
उनले भने, ‘संसदभित्र पनि महिलाहरुको सहभागिता राम्रै छ । सक्षमता पनि छ, सक्रियता पनि छ । तर जुन किसिमको महिलाहरुको सहभागिता र सक्रियता छ, त्यो ढंगको मिडियाहरुले बाहिर प्रचार गर्न सकेको छैन । किनभने पुरुषहरु यति जना बोले, महिलाहरु यति जना बोले भन्ने ढंगकै हेर्ने हो भने पनि म सभामुख भएर आएपछिका केही बैठकहरुमा मात्रै पनि उहाँहरुको सहभागिता चाहे शून्य समयमा होस् वा विशेष समयमा उहाँहरुको सहभागिता राम्रो छ । तर त्यो खालको प्रचारप्रसार छैन । अर्कोतिर महिलासँग सक्रियतालाई अघि बढाउनका लागि विभिन्न माध्यम र तरिकाहरु अपनाउँदै अहिले सचिवालयले पनि महिला संसदमा उनीहरुको अस्थायी प्रकृतिका केही संरचनाहरु जरुरी परे बनाउने र नभए पनि ओरेन्टेसनहरु दिने र उहाँहरुलाई मिडियामा फ्रेण्ड्ली बनाउन के सहयोग गर्नुपर्छ भनेर हामीले योजना बनाएका छौं’
सभामुख घिमिरेले मिडिया कन्टेन्टमा के छ त्यसलाई नहेरेर, चर्चामा रहेका विषय र नेताको प्रचारमा मात्रै जाने आफूले देखेको उनले बताएका छन् । उनले सञ्चारमाध्यमहरुले विशेष नेता र चर्चामा आएका विषयवस्तु बाहेकका समाचार नबनाएको गुनासो गरेका थिए । सञ्चारमाध्यमहरुले संसदको विषयवस्तु महत्त्वपूर्ण नठानेर चर्चामा रहेका नेता र विषयको प्रचारमा मात्रै बढी ध्यान दिने गरेको पनि उनले बताएका छन् ।
एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट
काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...
लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार...
एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे
काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ...
माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् । शुक्रबार...
त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि
काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ । भन्सार...
खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो
काठमाडौं : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् । केन्द्रीय...