कांग्रेस प्रवक्ता महतको दाबी : ‘पौडेलले जित्नेमा दईमत छैन्’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कांग्रेसको तर्फबाट अगाडि सारेको राष्ट्रपतिको उम्मेवार रामचन्द्र पौडेल उपयुक्त पात्र भएको बताएका छन् । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलका सांसदलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिमा रामचन्द्र पौडेललाई १० दलको समर्थन रहने दाबी गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजीले भनिसक्नुभयो ८ दल मात्रै होइन १० दल भइसक्या छ अझ ११ दलको समर्थन पुग्ने भरपुर स्थिति छ । संघमा नभए पनि प्रदेश सदस्यहरुको भूमिका हुन्छ । त्यसअर्थमा दश दल अर्को अर्को केन्द्रमा रहेका महत्वपूर्ण दलको सहयोग हुने अपेक्षा गरेका छौं ।’

महतले राष्ट्रपतिमा पौडेलले जित्नेमा दईमत नरहेको दाबी गरेका छन् । अभिमुखीकरण कार्यक्रममा उम्मेदवार पौडेलले संविधानको अक्षरशः पालना गर्नेकुरामा प्रतिबद्धता जनाएको बताए ।

बेचन झा र प्रतिक थापालाई पक्राउ गर्दा सरकार ढल्यो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका...

जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न सांसद् भट्टराईकाे चेतावनी

काठमाडाैं । नेकपा एमालेका सांसद् योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका छन्...

दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न परेन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्ला दुवै शैक्षिक सत्रमा पाठ्यपुस्तक नपाएको समाचार कतै पढ्न नपरेको बताएका छन् ।  ...

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड...

प्रतिपक्षमा बस्न योग्यलाई बेकारमा प्रधानमन्त्री बनाइएछ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रति कटाक्ष गर्दै जबरजस्त प्रतिपक्षी दलको नेता हुन...

प्रचण्डले भने : संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समिकरण परिवर्तन सामान्य अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश...

.