‘विश्वासको मत लिएकै दिन म ओलीबाट झस्किएको थिए’ : प्रधानमन्त्री दाहाल


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनका विषयमा राखेको मत र अडान आफू झस्किएको बताएका छन् । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलका सांसदलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हिजोको तिक्ततालाई फेरि उठान गर्दै आफ्ना गलत कदमलाई ठिक सावित गर्ने प्रयास गरेपछि आफू झस्किएको बताएका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डको भनाई उदृत गर्दै एक सांसदले भने, ‘मलाई प्रधानमन्त्री केपीजीले नै बनाउनुभएको हो । तर, विश्वासको मत लिएकै दिन उहाँका अभिव्यक्तिले मन चसक्क बनाएको थियो । हिजो संसद् विघटनविरुद्ध लडेको मेरा लागि आज संसद् विघटन ठिक थियो भन्दै बस्न सक्ने अवस्था थिएन त्यसैले मैले पुरानो गठबन्धनलाई निरन्तरता दिँदै संविधान र लोकतन्त्रका लागि काम गर्नुपर्छ भन्ने निष्कर्ष निकाले । त्यसैले पनि पुरानो गठबन्धन ब्यूँताउनुपर्छ भन्ने मलाई कहाँकहाँ लागेको थियो । अहिलेका राष्ट्रपतिबाट तितो अनुभव छ । रामचन्द्रजी संसद् विघटनविरुद्ध लडेको व्यक्ति हो । राष्ट्रपतिको संस्थाको गरिमा बढाउन उहाँले योगदान गर्न सक्नुहुन्छ । संविधानको भावना र राष्ट्रपति पदको मर्यादा रामचन्द्रजीले बुझ्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’
उनले ओलीसँग अन्तिम दिन पनि रामचन्द्र पौडेललाई प्रस्ताव गरेर सहमतिको राजनीति सुरुवात गरौ भन्दा पनि तयार नभएको बताएका थिए । उनले राष्ट्रपतिमा रामचन्द्र पौडेल नै उपयुक्त उम्मेदवार भएको जिकिर गरे ।
एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट
काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...
लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार...
एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे
काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ...
माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् । शुक्रबार...
त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि
काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ । भन्सार...
खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो
काठमाडौं : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् । केन्द्रीय...