रास्वपालाई सरकारमा ल्याउन प्रधानमन्त्रीको जोड

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लागि परेका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार रास्वपालाई पुनः सरकारमा ल्याउने विषयमा प्रधानमन्त्री दाहाल छलफलमा जुटेका हुन् । राष्ट्रिय सहमतिको सरकार सम्भव नभए पनि अधिकतम सहमतिको सरकार बनाएर जाने प्रधानमन्त्रीको योजना देखिन्छ ।

कांग्रेस सभापति देउवाले बुधबार बिहान पार्टीका शीर्ष नेतासँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले रास्वपालाई पनि सरकारमा सहभागी गराउने सङ्केत दिएको बिफ्रिङ गरेका थिए । रास्वपा सभापति रवि लामिछानेले राहदानी मुद्दा मिलाइदिए सरकारमा सहभागी हुने स्रोतको दाबी छ । कांग्रेस भने रास्वपालाई सरकारमा सहभागी गराउन नहुने पक्षमा देखिन्छ । यस विषयमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसका नेताहरूसँग पनि छलफल गरेको पाइएको छ । कांग्रेसका नेताहरूले रविको मुद्दा मिलाउने मामिलामा नलाग्न सभापति देउवालाई सुझाव दिएका छन् ।

पछिल्लो समय रवि लामिछाने र प्रधानमन्त्री प्रचण्डबीच सरकारमा सहभागिता र रविको राहदानी मुद्दाबारे छलफल भइरहेको बालुवाटार स्रोतको दाबी छ ।रास्वपा सरकारमा सहभागी भए तीन मन्त्रालय पाउने निश्चित छ । यसअघि पनि रास्वपा उपप्रधान तथा गृहमन्त्रीसहित तीन मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी भएको थियो । रास्वपा सरकारमा सहभागी हुँदा ६ सदस्यीय परिषदमा ४ जना सरकार पक्षका हुने छन् । माघ २२ मा सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । गत आइतबार बसेको रास्वपा बैठकले प्रचण्ड सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेको थियो ।

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

उपनिर्वाचन : आज मध्यरातदेखि मौन अवधि

काठमाडौं । इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि आज राति मौन अवधि शुरु हुँदैछ ।  ...

मटिहानीकाे जरलहवा गाछीमा आगलागी

काठमाडाैं । मटिहानी नगरपालिका वडा नम्बर-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।   आगलागीका कारण दुई सय...

.