दुई घण्टा ढिलो सुरु भएको एन्फा बैठकमा चर्काचर्की

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रीय कार्यसमितिको बैठकमा तनाव सिर्जना भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान आठ बजेका लागि बोलाइएको कार्यसमिति बैठक साढे १० बजे सुरू भएलगत्तै कार्यसमिति पदाधिकारीबीच चर्काचर्की भएको हो ।

एन्फाले १९ वटा एजेण्डा राख्दै कार्यसमिति बैठक बोलाएको थियो । तर, तीन उपाध्यक्षसहित १२ केन्द्रीय सदस्यले महासचिव र कोषाध्यक्ष बर्खास्तीसहित ६ वटा एजेण्डा थप गर्न माग गर्दै एन्फामा निवेदन दर्ता गराएका थिए । एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङले बहुमत केन्द्रीय सदस्यको प्रस्ताव विधानसम्मत नभएको भन्दै एजेन्डा थप्न नमिल्ने दाबी गरेका थिए ।

आज उपाध्यक्ष दिपक खतिवडाले बहुमत सदस्यले महासचिव र कोषाध्यक्षको बर्खास्तीको माग गरेका कारण उनीहरू बैठकमा बस्न नमिल्ने भन्दै अध्यक्षसँग उनीहरुलाई बाहिर निकाल्न अनुरोध गरेका थिए । तर, अध्यक्ष नेम्वाङले खतिवडाको कुरालाई अस्विकार गरे ।

त्यसपछि बहुमत सदस्यले उपस्थितिमा हस्ताक्षर गरेनन् । तर पनि अध्यक्षले बैठक निरन्तरता दिन लागेपछि असन्तुष्ट पक्षले बैठक बैधानिक नभएको भन्दै विरोध गरेका थिए ।

एनएसएल : झापा र काठमाडौंबीचको खेलमा गोलरहित बराबरी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत दोस्रो संस्करणको खेलमा झापा एफसी र काठमाडौं रेजर्स एफसीले बराबरी खेलेका छन्...

घुस लिँदै गरेको अवस्थामा सई पक्राउ

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डले परीक्षाको नतिजा बिहीबार सार्वजनिक...

काठमाडौं-तराई द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने अनुमति कसैलाई छैन : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं-तराई द्रुतमार्ग निर्माण योजना थप गरिएको समय भित्र सम्पन्न गर्न नेपाली सेनालाई...

एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक कास्य

काठमाडौं । चीनको हाङझाउमा जारी चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपाली खेलाडी पलेशा गोवर्द्धनले कास्य पदक जितेकी छन् ।...

कांग्रेस बिनाको सरकार कल्पना गर्न सकिंदैन : माधव नेपाल

काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा कांग्रेस बिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन्...

.