यू-१९ एसिया विश्वकप : मलेसियालाई १० विकेटले पराजित गर्दै नेपालको लगातार चौथो जित


काठमाडौं । आईसीसी यू १९ पुरुष विश्वकप एसिया छनोटमा मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले ९ ओभरको समाप्तिमा कुनै विकेट नगुमाई लगातार चौथो जित निकालेको छ । मंगलबार यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा नेपालले आईसीसी यू–१९ एसिया विश्वकप छनोटमा लगातार चौथो जित हात पारेको हो ।
नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाएका हुन् । दीपकले २९ बलमा ८ चौकासहित ३८ रन बनाएका हुन् भने अर्जुन २५ बलमा ३ चौकाको मद्दतले २१ रन बनाएका थिए । नेपालले मलेसियाबाट अतिरिक्त १४ रन पाएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३५.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियो । मलेसियाका तीन ब्याटरले बाहेक कसैले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् । मलेसियाका लागि मोहम्मद मलेकले सर्वाधिक २६ रन बनाए । त्यस्तै मोहम्मद हरिसन र साहिर स्यामेलले १२र१२ रन बनाएका थिए ।
नेपालका लागि दिपेश कण्डेलले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ४ ओभर मेडन फाल्दै ११ रन मात्र खर्चिएका थिए ।
घुस लिँदै गरेको अवस्थामा सई पक्राउ
काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग...
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डले परीक्षाको नतिजा बिहीबार सार्वजनिक...
काठमाडौं-तराई द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने अनुमति कसैलाई छैन : उपप्रधानमन्त्री खड्का
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं-तराई द्रुतमार्ग निर्माण योजना थप गरिएको समय भित्र सम्पन्न गर्न नेपाली सेनालाई...
एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक कास्य
काठमाडौं । चीनको हाङझाउमा जारी चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपाली खेलाडी पलेशा गोवर्द्धनले कास्य पदक जितेकी छन् ।...
कांग्रेस बिनाको सरकार कल्पना गर्न सकिंदैन : माधव नेपाल
काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा कांग्रेस बिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन्...
सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । बुधबार सुनको मुल्य बढेको छ । मंगलबार १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला...