दुई महिना नपुग्दै दुई तिहाइ भन्दाबढी मन्त्रालय खाली, राष्ट्रपति निर्वाचनपछि मात्रै पूर्णता दिने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । पुस १० गते अगाडिको पाँच दलीय गठबन्धन दुई महिना नपुग्गदै टुंगिएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा दुई तिहाइभन्दा बढी मन्त्रालय रिक्त हुन पुगेका छन । मन्त्रिपरिषद्मा सबैभन्दा ठूलो हिस्सा ओगटेको एमाले सोमबार बाहिरिएपछि प्रधानमन्त्री दाहालमातहत १६ वटा मन्त्रालय रहेका छन् । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी माघ २२ र राप्रपा फागुन १३ मा सरकारबाट बाहिरिएका थिए । अहिलेको सात सदस्यीय मन्त्रिपरिषद्मा माओवादी र जनमत पार्टीको मात्र प्रतिनिधित्व छ ।

प्रधानमन्त्री दाहालले भने राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । उनले मन्त्रिपरिषद्लाई पूर्णता दिनेभन्दा पनि विश्वासको मतलाई प्राथमिकता दिएका छन् । गठबन्धनको ठूलो दल कांग्रेसले पनि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्र मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री दाहाललाई सुझाव दिएको कुरा बाहिर आएको छ ।

प्रचण्डलाई चुनावअघिकै गठबन्धनमा फर्काउन सफल भएपछि कांग्रेसले सरकारमा जाने गृहकार्य अघि बढाएको र गठबन्धनमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भइरहेको नेताहरु बताउँछन् । कांग्रेसमा पनि सरकारमा जाने छलफल भएपछि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबाहेक अधिकांश हेभिवेट नेताहरु नै सरकारमा जान आतुर देखिएका छन् । आठ दलीय गठबन्धनमा कांग्रेसले बढीमा ९ मन्त्रालय पाउने देखिएको छ । पार्टीभित्रका अधिकांश शीर्ष नेताहरु नै सरकारमा जान हतारिएपछि पार्टी सभापति शेरबहादुर देउवालाई मिलाउन हम्मेहम्मे परेको देखिन्छ ।

चुनावअघिको गठबन्धन ब्युँताएको जस लिने होडमा रहेका उपसभापति पूर्णबहादुर खड्का पनि सरकारमा जान तयार छन् । उनी प्रचण्डलाई नै प्रधानमन्त्री दिएर भए पनि पुरानो गठबन्धन जोगाउने पक्षमा थिए । तर, पार्टीभित्र देउवा निकट नेताहरुबीच कुरा मिल्न नसक्दा उनको त्यतिबेलाको प्रयास सफल हुन सकेन । खड्का महत्वपूर्ण मन्त्रालय लिएर कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेर जाने पक्षमा छन् । यद्यपि उनको मन्त्रालय कुन हुने भन्ने टुंगो छैन । तर, अहिले प्रचण्डलाई एमालेबाट फर्काएर पुरानै गठबन्धनमा ल्याउन रामचन्द्र पौडेलकै जति भूमिका खड्काको छ ।

कांग्रेस प्रवक्ता प्रकाशरण महतले प्रधानमन्त्री दाहालले विश्वासको मत लिने र सरकारमा सहभागी हुने विषय आठ दल बसेरै तय गरिने बताउदै आएका छन् । । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि मात्रै मन्त्रालय बाँडफाँटबारे छलफल गरिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको भनाई छ । मन्त्रालय बाँडफाँट तत्काल गर्दा उत्पन्न हुन सक्ने विवादले आसन्न निर्वाचनमा असर पर्ने भएकाले मन्त्रिपरिषद् विस्तारका लागि केही दिन कुर्ने अधिंकास नेताहरु बताउँछन् ।

गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले ५ लाख दिने

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैयाँ...

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण

काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्‍मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय...

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

.