एमालेका आठ मन्त्रीहरुले बुझाए प्रधानमन्त्रीलाई राजीनामा


काठमाडौं । सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । सोमबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड समक्ष एमालेका ८ मन्त्रीहरूले दिउँसो साढे ३ बजेपछि प्रधानमन्त्रीलाई राजीनामापत्र बुझाएका हुन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा एमालेका ८ जना सरकारमा गएका थिए । मन्त्रिपरिषदमा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरिप्रसाद उप्रेती रक्षामन्त्री थिए ।
सोमबार दिउँसो बसेको एमालेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।
सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...
सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु
काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...
हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...
एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,यस्ता छन् एजेण्डा
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बस्ने भएकाे हाे...
राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनले साझा उम्मेदवार उठाउने
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुने एक तिहाइ सदस्य पदका लागि आगामी माघ ११ गते गर्ने निर्वाचनमा सत्ता...