हिँउ नपर्दा सुनसान बनेको कालिन्चोकमा हिमपात, पर्यटकको संख्यामा वृद्धि हुने अपेक्षा

स्टार संवाददाता
स्टार संवाददाता

दोलखा । धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालिन्चोकमा हिमपात पर्ने सुरु भएको छ । हिउँदमा मंसिरदेखि नै हिँउ पर्ने राजधानीबाट नजिकमा रहेको दोलखाको कालिञ्चोकको कुरी क्षेत्रमा मौसममा आएको परिर्वतनसंगै आइतबार दिउँसो देखिनै हिउँ परिरहेको छ । जिल्लाको उच्च भेगमा हिमपात भइरहेको छ भने सदरमुकाम चरिकोट आसपासमा सिमसिम पानी परिरहेको छ ।

यो समयसम्म हिँउ नपर्दा चिन्तित् रहेका किसान तथा पर्यटन व्यवसायी दोलखामा हिमपात भएपछि पर्यटकको संख्यामा वृद्धि हुने आशाले हर्षित भएका छन् । यस वर्षको पहिलो पटक हिमपात भएपछि कालिन्चोकको कुरी, मन्दिर रहेको टापु, गणेश थुम्का, गैरी लगायत सबैतिर सेताम्य भएको स्थानीय होटल व्यवसायीहरू बताउँछन् ।

गतवर्ष यतिबेला धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालिन्चोकमा हिँउ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो थेगि नसक्नु हुन्थ्यो । तर यो वर्ष भने कालिन्चोकमा पहिलोपटक हिमपात सुरु भएको हो । शनिबार र पुजाको तिथी पर्ने दिनहरुमा चहल पहल भएपनि अरु बेला यहाँ पर्यटकहरु आएका थिएनन् तर हिमपात भएपछि पर्यटकको संख्यामा वृद्धि हुने व्यवसायीहरु बताउँछन् ।

बाक्लो हिँउ परेको बेला यहाँ स्कीको समेत आयोजना हुने गर्दछ । पछिल्लो केही वर्षयत्ता हिउँ खेल्ने पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको कालिञ्चोक क्षेत्रमा भारतीय मूलका पर्यटकको सङ्ख्या पनि बढ्दै गएको पाईन्छ । राजधानी काठमाडौं तथा तराईसँग सहजै छोटो दूरीमा सडक सञ्जालले जोडिएको कारण कालिञ्चोक क्षेत्रमा तराई तथा भारतीय मूलका पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तर हिँउ नपर्दा यस वर्ष भने त्यसले निरन्तरता पाउन सकेको थिएन तर अब झिनो आस भने पलाएको छ ।

गत वर्षको हिँउदमा कालीञ्चोक क्षेत्रमा मात्र हाल दैनिक पन्ध्र सयभन्दा बढी पर्यटक भित्रिने गरेका थिए । कालिन्चोकको कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न करिब १०० होटल सञ्चालनमा छन् । त्यसले दैनिक तीन हजार ५०० देखि चार हजारसम्म पर्यटक सहजै व्यवस्थापन गर्न सकिने बताइन्छ ।

हिउँ पर्ने आशामा बुकिंग भएपिन हिउँ नपरेका कारण पर्यटक नआएको होटल व्यवसायीहरु बताएउदै आएका थिए । राजधानी काठमाडौंबाट १३३ किमीको सडक यातयताबाट चरिकोट पुगेपछि १७ किमी दूरी पार गरेर कालिञ्चोक पुग्न सकिन्छ ।

बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ

काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो

काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...

एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ ।   शनिबार दशरथ रंगशालामा...

गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...

‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...

सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।   बुटवलमा...

.