राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मत दिन अध्यक्ष ओलीको आग्रह, माधव नेपालसँग सहकार्य हुनसक्ने सम्भावना


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पाटीको राष्ट्रपतिका उम्मेदवारलाई मत दिन आग्रह गरेका छन् । उनले कांग्रेस बाहेकका संसद्मा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदलाई पत्र लेखेर राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत दिन आग्रह गरेका हुन् । अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर भएको पत्र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल र स्वतन्त्र सांसद गरी १७ जनालाई पठाइएका छन् ।
एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले ओलीको पत्रबाट संवादको ढोका खुलेको जवाफ दिएको छ । निरन्तर संवादमा नै भएकाले सहकार्यको वातावरण बन्न सक्ने उनको प्रतिक्रिया रहेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पठाइएको पत्र सो पार्टीका नेता जगन्नाथ खतिवडाले सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रतिक्रियासमेत सार्वजनिक गरेका छन् । एकीकृत समाजवादीले एमालेको पत्रको विषयमा आफ्नो धारणा सार्वजनिक गरिसके पनि पाँच दलका नेताहरुले भने मुख खोलेका छैनन् ।
आठ दलीय गठबन्धनले कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिसकेको छ । प्रतिनिधिसभामा १९ सिट रहेको रास्वपाले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन ।
राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते हुँदै छ । शुक्रवार साँझ बसेको पाटीको बेठकले आठ दलीय गठबन्धन कायम गरेर राष्ट्रपति पदको उम्मेदवार नेपाली कांग्रेसलाई दिने निर्णय गरेसगैं सो राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङले शनिवार मनोनयन दर्ता गराइसेका छन् ।
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् । क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...
कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी
काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् । आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...
लहानकाे साइकल स्टोर्समा आगलागी
काठमाडौं । लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ । आइतबार सिरहाको लहान नगरपालिका-३ स्थित सुनिल कुमार...