लिङ्देनलाई राष्ट्रपति निर्वाचन निल्नु न ओकल्नु !    

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । यति बेला सबैको ध्यान राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा केन्द्रित छ । अझ राजनीतिक दलका नेताहरु त आफ्नो पक्षमा र आफ्नै पार्टीबाट राष्ट्रपति चयन कसरी गर्ने दाउमा छन् । यता सरकारमा आबद्ध दलहरुको गठबन्धन उता नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा आबद्ध राजनीतिक दलहरु राष्ट्रपति आफ्नो पोल्टामा पार्न कुनै कसर छोड्नेवाला छैनन् । तर, अचम्मको कुरा त के छ भने राजा बोक्ने राप्रपाको समेत राष्ट्रपति निर्वाचनले निन्द्रा उडाएको छ ।

यस निर्वाचनलाई लिएर राप्रपा भित्र भाँडभैलो मात्रै मच्चिएको छैन, राप्रपाका अध्यक्ष लिङ्देनले सरकारमा जाने देखी पार्टीका हरेक काम एकलौटी गर्न थालेको आरोप लगाउँदै शीर्ष नेताहरुनै विरोधमा उत्रिएका छन् । संघीय गणतन्त्र स्वीकार गरेका दलहरु राष्ट्रपति चयनको विषयमा छलफल र अग्रसर हुनु स्वाभाविक पनि हो तर गणतन्त्रले देशै दुवायो, सङ्घीयता कामै छैन, देशमा फेरी राजसंस्था र हिन्दु राष्ट्र चाहिन्छ भन्दै जनतामाझ गएर भोट बटुलेको राप्रपा गणतान्त्रिक सरकारमा त गयो नै हुँदा हुँदा राष्ट्रपतिलाई भोट हाल्नु पर्छ भन्ने पक्षमा समेत छ ।

राप्रपा अध्यक्ष लिङ्देन कसरी हुन्छ पार्टीका शीर्ष नृेताहरुलाई मनाउन लागिपरेका छन् । तर, सुरुका दिन देखी पार्टी यो सरकारमै जानुहुन्न भन्ने आवाज उठाउँदै आएका राप्रपाका महामन्त्री धवल शमशेर राणा यति वेला राष्ट्रपति निर्वाचनमा सहभागी हुनुहुन्न भन्ने अडानमा ढाल उभिएका छन् । यस विषयमा राणालाई पार्टीका वरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्र, महामन्त्री राजेन्द्र गुरुङ, प्रवक्ता ज्ञानेन्द्र शाही, नेतृ रेखा थापा, नारायण कोइराला लगायतको साथ मात्रै होइन वरिष्ठ नेताहरु पशुपति शमशेर राणा र प्रकाश चन्द्र लोहनी लगायतले पनि साथ दिएका छन् ।

उनीहरू राष्ट्रपति निर्वाचनमा सहभागी हुनु हुँदैन अझ दलको नेता राष्ट्रपतिलाई त कुनै पनि हालतमा भोट हाल्नु हुन्न भन्ने  पक्षमा छन् ।  अरुबेला राजतन्त्रको मूल मुद्दा उठाएर राजनीति गर्ने अनि गणतन्त्रको राष्ट्रपति निर्वाचनमा सहभागी भएर भोलिका दिनमा कुन मुख जनतासामु जाने भन्ने राणा पक्षको भनाई छ । जनताले जुन चाहना र धरणाले हामीलाई भोट दिएको हो तयसको कदर गर्नु नै राजनिितक धर्म भएको उनिहरुको बुझाइ छ । नखाऊ भने दिनभरको सिकार खाऊँ भने कान्छा बाउको अनुहार भने झैँ मन्त्री पद जोगाउन राजनीतिक नैतिकता नै दाउमा राख्ने आस्थामा पुगेका लिङदेनलाई राष्ट्रपति निर्वाचन टाउको दुखाइको विषयको छ । 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन यही संघीय गठतान्त्रीक मुलुकको उपप्रधानसहित चौथो वरियता छन् भने उनको पार्टीबाट एक राज्यमन्त्रीसहित तीन जना मन्त्री छन् । अझ प्रदेश खारेज हुनुपर्छ, प्रदेशले देशलाई कङ्गाल बनायो भन्दै ठुला ठुला सभामा गर्जिँदै आएका लिङदेनले बागमती प्रदेशमा सभामुख नै पड्काएको छ भने प्रदेश १ मा पनि सरकारमा सहभागी छ । राजनैतिक र पार्टीगत सिद्धान्तलाई हेर्ने हो भने कुनै पनि कोणबाट राप्रपालाई संघ र प्रदेशको सरकारमा सहभागी हुने नैतिकता नै छैन । अझै गणतन्त्रात्मक मुलुकमा राजसंस्था पूर्नस्थापीत गर्छौ भन्दै छाती पिट्ने राप्रपा कुन नैतिकताका आधारमा राष्ट्रपति छनोट प्रक्रियामा सहभागी हुन खाजेको हो स्वयम पार्टी कार्यकर्ताले यसको जवाफ खोजी रहेका छन् ।

हुन पनि राप्रपा साचिक्कै राजसंस्था पूर्नस्थापीत गर्ने लक्षका साथ अगाडि बढेकै हो भने राष्ट्रपति चयनमा प्रक्रियाबाट राप्रपा अगल बस्नु पर्छ । दुइ चार जना मन्त्री बनेका भरमा उसले आफ्नो एजेन्डा स्थापित गर्न सक्दैन । राप्रपाले त्यसका लागि जनताको मन जित्नुपर्छ । जनमत नै बलियो बनाउनु पर्छ र त्यसका लागि जनअदालतमा बहस छेड्न सक्नुपर्छ । तर वर्तमान सत्ता समीकरण र राप्रपाको सत्ता मोहले भने विगतमा राप्रपाका पूर्व अध्यक्ष कमल थापालाई वर्तमान नेतृत्वले लगाएको आरोप पनि मिथ्या हुनेछ ।

राष्ट्रिय सभाकाे बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाकाे बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागी बोलाइएको छ...

सहकारी छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक आज पनि बस्दै

काठमाडौं । सहकारी हिनामिना प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) को टुङ्गो लगाउन कार्यदलको बैठक आज पनि बस्ने भएको...

प्रतिनिधिसभामा आज सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । बिहान ११ बजे बैठकबाट नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित...

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु, तीन जनाको उद्धार

काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ ।   माई-८ का ११...

संसदको गतिरोध अन्त्यका लागि एकीकृत समाजवादीले पहल गर्ने

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले संसदकाे गतिरोध अन्त्यका लागि पहलकदमी लिने भएको छ । आज बसेको पार्टीको ८२ औँ...

कांग्रेसले तोक्यो जेठ १३ को प्रदर्शनका लागि १५ कमाण्डर

काठमाडौं । नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौं उपत्यकामा गर्ने सडक प्रदर्शनकाे तयारीका लागि नेतालाई जिम्मेवारी बाँडफाँड गरेको छ...

.