बैठकबाट बाहिरिँदै महामन्त्री थापाले भने : ‘राष्ट्रपतिबारे ५ बजे ठोस निर्णय गर्छौ’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । चुनावअघिको सत्ता गठबन्धनमा रहेका चार दलले आज अपराह्न ५ बजे पुनः बैठक बस्ने गरि बालुवाटारमा भएको छलफल सकिएको छ । छलफलमा राष्ट्रपतिबारे विभिन्न कोणबाट राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएपनि पुनः छलफल गर्ने भएका हुन् ।

बैठकबाट बाहिरिँदै कांग्रेस महामन्त्री गगन थापाले बैठक राष्ट्रपतिमै केन्द्रित भएको बताएका छन् । उनले राष्ट्रपतिको विषयमा पाँच बजे बस्ने बैठकले टुंग्यो लगाउने बताएका हुन् । थापाका अनुसार कांग्रेस र बाँकी तीन दलले राष्ट्रपतिमा आ आफ्नो प्रस्ताव राखेका छन् । आफ्नो आफ्नो दलमा छलफल गरेर साँझ ५ बजे टुंग्याउने गरी अहिले नेताहरू उठेको उनले जनाकारी दिए ।

उनले भने, ‘सबैले आ आफ्नो दलमा छलफल गरेर भरे ५ बजे बस्छौं, भरे ५ बजेको बैठकपछि हामी एकै ठाउँ उभिन्छौं कांग्रेसले माओवादी, नेकपा एस र जसपासँग छलफल गरेका छौं । विभिन्न विकल्पबारेमा प्रस्ताव आएको छ । छलफल सकारात्मक छ । फेरि आआफ्नो दलमा साँझ पाँच बजे बस्नेगरी टुंग्याउछौं ।’

पाँच बजे बसेर एकैठाउँमा उभिएर ठोस निर्णय गर्ने उनको भनाई थियो । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले राष्ट्रपतिमा आफूहरूलाई सहयोग गर्नुपर्ने प्रस्ताव राखेका थिए । कांग्रेसबाहेक अन्य दलले पनि सहमतिको राष्ट्रपति उम्मेदवारबारे कुराकानी राखेका थिए ।

नयाँ सरकार गठनका लागि कांग्रेस र एमालेबीच छलफल

काठमाडौं। नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका नेताले छलफल थालेका छन् ।   नयाँ बानेश्वरस्थित संसद...

पदमुक्त भएसँगै राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री दाहाल

काठमाडौ । पदमुक्त भएसँगै प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् ।  ...

प्रचण्डले पाएनन् विश्वासको मत, डेढ वर्षपछि प्रधानमन्त्रीबाट पदमुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । पाँचौं पटक विश्वासको मत लिने क्रममा संसद्को विश्वास जित्न...

विश्वासको मतमा राष्ट्रिय जनमोर्चा तटस्थ

काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ ।   आज प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय...

‘नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनु पर्छ’

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले नयाँ सरकारले जनताको सबै खालको अप्ठ्यारो सल्टाउनुपर्ने बताएका छन् ।...

प्रचण्डले भने : संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समिकरण परिवर्तन सामान्य अवस्थामा नभएको बताउनुभएको छ । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश...

.