बुधबार ३३.५७ अंकले बढ्यो नेप्से परिसूचक, १ अर्ब ८० करोड भन्दाबढिको कारोबार


काठमाडौं । बुधबार सेयर बजार १.६४ प्रतिशतले बढेको छ । बुधबार बजार नेप्से परिसूचक ३३.५७ अंकले वृद्धि हुँदा २०८०.३८ अंकमा बन्द भएको हो ।
बुधबार लघुवित्त र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.२५ प्रतिशतले बढेको छ । बुधबार नेप्सेमा वृद्धि भएपनि कारोबार रकम भने १ अर्ब ८० करोडमा सिमित भएको छ । सोमबार नेप्सेमा १ अर्ब ९४ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम घटेको हो ।
बुधबार नेप्सेमा हिमालयन डिस्टिलरीको १३ करोडको कारोबार हुँदा जीवन विकास लघुवित्तको ४ करोड ९२ लाख र ग्लोबल आईएमई बैंकको ४ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेप्सेमा बुधबार २१७ कम्पनीको सेयर कारोबार भएकोमा १६५ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । त्यस्तै ४९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ३ कम्पनीको सेयरमूल्य स्थिर छ ।
घुस लिँदै गरेको अवस्थामा सई पक्राउ
काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग...
कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डले परीक्षाको नतिजा बिहीबार सार्वजनिक...
काठमाडौं-तराई द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने अनुमति कसैलाई छैन : उपप्रधानमन्त्री खड्का
काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं-तराई द्रुतमार्ग निर्माण योजना थप गरिएको समय भित्र सम्पन्न गर्न नेपाली सेनालाई...
एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक कास्य
काठमाडौं । चीनको हाङझाउमा जारी चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपाली खेलाडी पलेशा गोवर्द्धनले कास्य पदक जितेकी छन् ।...
कांग्रेस बिनाको सरकार कल्पना गर्न सकिंदैन : माधव नेपाल
काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा कांग्रेस बिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन्...
सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । बुधबार सुनको मुल्य बढेको छ । मंगलबार १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला...