महिला टि–२० विश्वकपः दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा


एजेन्सी /७ फागुन, अष्ट्रेलियाले महिला टि–२० विश्वकप २०२३ को सेमिफाइनलमा स्थान बनाएको छ । घरेलु टोली दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो । जितको लागि १ सय २५ रनको लक्ष्य पाएको अष्ट्रेलियाले १६.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको तर्फबाट ब्याटिङ गरेकी ताहलिया म्याकग्राथले ३३ बलमा १० चौकासहित ५७ रन बनाईन् । एलिसा गार्डनर २८, बेथ मुनी २० र एलिसा हेली ११ रनको योगदान दिए । यस्तै, बलिङमा दक्षिण अफ्रिकाकी मरिजान कप्पले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २४ रन बनायो । दक्षिण अफ्रिकाको तर्फबाट तजिमन ब्रिट्सले ३६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४५ रन लिइन् । यस्तै, बलिङतर्फ अष्ट्रेलियाकी जर्जिया वेयरहामले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् ।
अपराजित रहदै आएको अष्ट्रेलियाले ४ खेलमा ८ अंकका साथ समूह ए को शीर्ष स्थानमा रहेको छ । सेमिफाइनलमा अष्ट्रेलियाले समूह बी को उपविजेतासँग खेल्नेछ । समूह बी मा इंग्ल्यान्ड ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा रहेको छ । भारत ३ खेलमा २ जित र १ हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ भने पाकिस्तान २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ ।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...