एभरेष्ट बैंक र क्विक फक्सबीच बैंकिङ सेवा स्वचालित बनाउन सम्झौता


काठमाडौं/ ७ फागुन, एभरेष्ट बैंकले आफ्ना विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्ने कायर्हहरु स्वचालित गर्न क्विक फक्स कन्सल्टिङ प्रालिसँग सम्झौता गरेको छ । यो सँगै रोबोटिक प्रोसेस अटोमेसनको यात्रा सुरु भएको बैंकले जनाएको छ । ‘एभरेष्ट बैंक निरन्तर रुपमा सबल हुन, प्रतिस्पर्धी रहन र आफ्ना ग्राहकहरुलाई विशिष्ट सेवा प्रदान गर्ने सोचका साथ आफ्ना अटोमेसनको यात्रा सुरु गरेको हो’, बैंकले भनेको छ ।
बैंकले प्रदान गर्ने सेवाहरुमा रहेका अधिकांश प्रक्रियाहरु दोहोरिने, प्रक्रियागत रुपमा सञ्चालन नहुने र एकै प्रकृतिका समेत हुने भएको र जसलाई पूरा गर्न धेरै मानव संशाधनहरु समावेश गर्नुपर्ने र मानवीय हस्तक्षेपको कारणले गर्दा कतिपय कार्यहरु समेत ढिलो र त्रुटिपूर्ण हुनसक्ने भएकाले बैंकले रोबोटिक प्रोसेस अटोमेशनको यात्रा तय गरेको बैंकले जनाएको छ ।
बैंकका हालसम्म १३ लाखभन्दा बढी ग्राहक छन् । देशैभर बैंकका १२३ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ उपलब्ध छन्। त्यस्तै ३० वटा राजस्व संकलन केन्द्रमा पनि बैंकले सेवा दिएको छ।
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्म तय...
७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार
काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...
मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् । मध्य...
क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् । क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...
कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी
काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् । आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...
लहानकाे साइकल स्टोर्समा आगलागी
काठमाडौं । लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ । आइतबार सिरहाको लहान नगरपालिका-३ स्थित सुनिल कुमार...