चापागाउँमा चित्रकला तालिम शुरु

स्टार संवाददाता
स्टार संवाददाता

ललितपुर/२३ माघ, गोदावरी नगरपालिका वडा नं ११ चापागाउँमा आधारभुत चित्रकला तालिम शुरु भएको छ ।
योङ पिकासो अ कम्युनिटी स्कुल अफ फाइन आर्टको आयोजना तथा सो वडाको सहकार्यमा वडा भित्रका किशोरकिशोरी तथा युवाहरुको सिप विकासका लागि आइतबारदेखि आउँदो आइतबारसम्म उक्त काम शुरु भएको हो ।
वडाध्यक्ष नीलबहादुर देशारले चित्रकलामार्फत आफूहरुले वडावासीलाई राष्ट्रका साथै अन्तरराष्ट्रिय रुपमा अघि बढाउने योजना अनुरुप उक्त कामलाई अघि बढाएको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “ चित्रकलाले मानिसको सोचलाई उजागर गर्ने भएकाले यसले लुकेको प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्नेछ ।”
सो वडाका सचिव पूर्ण महर्जनले कला बिना मानिस रहन नसक्ने भएको धारणा राख्दै चित्रकारको भविष्य अतिनै राम्रो भएकाले सो तवरको व्यक्ति उत्पादन गर्नु वडाको दायित्व भएको गोदावरीका अन्य वडाभन्दा पहिला आफूहरुले उक्त काम शुरु गरेको सुनाउनुभयो ।
श्री बज्रवाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक रामेश्वर महर्जनले दैनिक किताव पढ्नुले मात्रै किशोरकिशोरीमा सबै कुराको पूर्ण नगराउने विचार व्यक्त गर्दै कला सम्बन्धि ज्ञान लिनु पनि महत्वपूर्ण विषय भएकाले चित्रकला मार्फत लुकेको प्रतिभा पाउन सकिने आँैल्याउनुभयो ।
पिकासोका निर्देशक तथा चित्रकार अजय देशारले चापागाउँ मल्लकालीन समयदेखि ऐतिहासिक ठाउँ रहेको बताउँदै सो ठाउँको चित्रलाई क्यान्भासमा उर्तान सक्दा चित्रकारका भविष्यले नयाँ गति पाउने मत व्यक्त गरे ।
उक्त चित्रकला तालिममा कला मार्फत आफ्नो भविष्य देख्ने विभिन्न उमेर समुहका मानिसले सहभागिता जनाइरहेका छन् ।

एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...

लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ ।   महालेखा नियन्त्रक कार्यालयले बिहीबार...

एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे

काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् ।   त्रिपुरेश्वरस्थित दशरथ...

माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् ।   शुक्रबार...

त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ ।   भन्सार...

खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो

काठमाडौं  : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् ।   केन्द्रीय...

.