क्यान्सरको उपचार गर्न खोपलाई सहज बनाइनुपर्नेमा जोड

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौ/ २१ माघ, ‘हेरचाहमा हुने असमानतालाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज भक्तपुर क्यान्सर अस्पतालले विश्व क्यान्सर दिवस मनाएको छ । अस्पतालमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बर्सेनि क्यान्सरका कारण धेरै नागरिकले ज्यान गुमाउनुपरेको बताए । भक्तपुरलाई गुणस्तरीय शिक्षा र स्वास्थ्यको हब बनाउँदै विकास गर्ने नगरपालिकाको योजना रहेको उनको भनाइ थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका गुणस्तर, मापदण्ड र नियमन महाशाखाका प्रमुख एवम् अस्पताल व्यवस्थापन समितिका सदस्य डा। मदनकुमार उपाध्यायले समयमै उपचार भए क्यान्सर निको हुन्छ भन्ने सन्देश गाउँगाउँमा पुर्‍याउनुपर्ने बताए । उनले नेपालमा जटिल बन्दै आएको पाठेघरको मुखको क्यान्सरको उपचार गर्न सरकारले नेपालमा खोपलाई सहज बनाउनुपर्नेमा जोड दिए ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले अस्पतालले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, क्यान्सर, हृदयाघात, मष्तिस्कघात, फिस्टुला, अल्जाइमरलगायत रोगको निःशुल्क उपचारको व्यवस्था गर्न लागेको जानकारी दिइन। अस्पतालका चिकित्सक डा रोशन प्रजापतिले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि हरेक जिल्लामा परीक्षण केन्द्र सञ्चालन गर्नुपर्ने, जनचेतना फैलाउनुपर्ने र पाठ्यक्रममा यसबारे सामग्री राख्नुपर्ने बताए ।

डा. प्रजापतिका अनुसार भक्तपुर क्यान्सर अस्पतालमा एक वर्षमा ८४ हजार पाँच सय ७९ बिरामीको परीक्षण गरिएको, तीन हजार पाँच सय ८८ नयाँ बिरामी थपिएका तथा दैनिक ८० देखि एक सय जनासम्म नयाँ बिरामी भर्ना हुने गरेका छन् ।

कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजार र अस्पतालका कार्यकारी निर्देशक प्रा. डा विष्णुदत्त पौडेलले थप उपकरण जडान गरेर सेवा विस्तार गर्नुपर्ने बताएका थिए ।

सबै विदेशी नियोगमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण गरिने : श्रममन्त्री अर्याल

काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउन १ गतेदेखि विदेशी नियोगमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण...

संसदीय छानबिन विशेष समितिले गर्‍यो कार्यविधि पारित

काठमाडाैं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिले आन्तरिक कार्यविधि पारित गरेको छ...

श्रम ऐनअनुसार तलब माग गर्दै पेट्रोलियम मजदुर प्रदर्शनमा

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका छन् ।   पेट्रोलियम ढुवानी अवरुद्ध गरेपछि उनीहरूले आइतबारदेखि...

प्रधानमन्त्री दाहाल र सीपीपीसीसीका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बार्टरबीच भेटवार्ता भएको छ ।   उनीहरूबीच...

संवैधानिक परिषद्को बैठक बस्ने

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । बैठक आइतबार साँझ ६ बजे बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

संसदमा नयाँ विधेयक दर्ता

काठमाडाैं । ऊर्जा मन्त्रालयले प्रतिनिधिसभा र राष्ट्रिय सभामा दुई विधेयक दर्ता गरेको छ ।   आज बसेको प्रतिनिधिसभा बैठकमा...

.