सांसद घोषणाको माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं/ २१ माघ, आफूलाई प्रतिनिधिसभाको सांसद घोषणा गर्न माग गर्दै उमेश श्रेष्ठ निर्वाचन आयोग जाने भएका छन् । चितवन क्षेत्र नं। २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेको नागरिकता मुद्दामा सर्वोच्च अदालतबाट फैसला हुँदा पद मुक्त भएपछि श्रेष्ठ आफूलाई सांसद घोषणा गर्न माग गर्दै निर्वाचन आयोग जान लागेका हुन् । श्रेष्ठ लामिछानेका निकटतम प्रतिस्पर्धी हुन् ।

गत मंंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं। २ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका श्रेष्ठले भोली ११:३० बजे निर्वाचन आयोग जाने तयारी गरिरहेका छन् । ‘निर्वाचन ऎनको दफा ४ बमोजिम मलाई नै सांसद घोषणा गर्नु पर्छ , किनकी रबि लामिछाने लाई अदालतले नेपालीको संबैधानको धारा ८७(१) र निर्वाचन ऎन२०७३ को दफा १२ बमोजिम लामिछानेको उम्मेदवारी अयोग्य अदालतले घोषणा गरेको अबस्थामा र नागरिकता समेत कायम नरहेकोले मलाई निर्वाचित भएको प्रमाणपत्र आयोगले दिनुपर्छ। दावीका लागि म आइतबार ११:३० मा निर्वाचन आयोग बहादुर भवन काठमाडौंमा निवेदन दर्ता गराउने छु।’ श्रेष्ठ भन्छन्।

यु-१७ र यु-२० राष्ट्रिय फुटबल टोलीको खुल्ला छनोट हुने

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू-१७ र यू-२० राष्ट्रिय फुटबल टोलीका लागि खुला छनोट गर्ने भएको छ...

सबै विदेशी नियोगमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण गरिने : श्रममन्त्री अर्याल

काठमाडाैं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले साउन १ गतेदेखि विदेशी नियोगमा अनलाइनबाट वैदेशिक रोजगारी मागपत्र प्रमाणीकरण...

संसदीय छानबिन विशेष समितिले गर्‍यो कार्यविधि पारित

काठमाडाैं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठन भएको संसदीय छानबिन विशेष समितिले आन्तरिक कार्यविधि पारित गरेको छ...

श्रम ऐनअनुसार तलब माग गर्दै पेट्रोलियम मजदुर प्रदर्शनमा

काठमाडौं । पेट्रोलियम ढुवानी मजदुर विभिन्न माग राख्दै प्रदर्शनमा उत्रिएका छन् ।   पेट्रोलियम ढुवानी अवरुद्ध गरेपछि उनीहरूले आइतबारदेखि...

प्रधानमन्त्री दाहाल र सीपीपीसीसीका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक परामर्श सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बार्टरबीच भेटवार्ता भएको छ ।   उनीहरूबीच...

संवैधानिक परिषद्को बैठक बस्ने

काठमाडौं । संवैधानिक परिषद्को बैठक बस्ने भएको छ । बैठक आइतबार साँझ ६ बजे बस्ने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...

.