यातायात मन्त्रालयले ६ सदस्यीय सुझाव कार्यदल गठन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं/ १९ माघ, यातायात मन्त्रालयले ६ सदस्यीय सुझाव कार्यदल गठन भएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले, मन्त्रीस्तरीय निर्णय गरेर प्रा. डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा छ सदस्यीय सुशासन सुधार सुझाव कार्यदल गठन गरेका हुन्

कार्यदल सदस्यमा पूर्व सचिव पूर्णचन्द्र भट्टराई, रामकृष्ण सापकोटा, हरि बस्याल तथा विषय विज्ञका रूपमा डा. लिना गुरुङ छन्। कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुपरिटेन्डेन्ट इन्जिनियर अर्जुनप्रसाद अर्याल सदस्य सचिव छन्।

कार्यदललाई मन्त्रालयको कार्य जिम्मेवारी भित्रका सडक पूर्वाधार, सडक पुल, रेलवे सेवा, यातायात क्षेत्र व्यवस्थापन तथा इन्जिनियरिङ सेवा व्यवस्थापन (इन्जिनियरिङ काउन्सिल) समेतको कार्यविधिमा रहेर सुझाव प्रतिवेदन पेस गर्न भनिएको छ। कार्यदललाई एक महिनाको समय दिइएको छ ।

सेवा प्रवाहलाई चुस्त दुरुस्त, सेवाग्राही मैत्री, प्रभावकारी, सुशासन मैत्री तथा अनियमितता, भ्रष्टाचार, चुहावट, मिलेमतो अन्त्यका लागि शून्य सहनशील हुन अवलम्बन गर्नुपर्ने नीतिगत, कार्यप्रक्रियागत र संस्थागत सुधारका विषयहरू प्रस्तुत गर्ने म्याण्डेट कार्यदललाई दिइएको छ।

सिमलताल बस दुर्घटनाबारे अध्ययनका लागि कार्यदल बनाउने गृहमन्त्री लेखकको पहिलो निर्णय

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका छन् । आज मन्त्रीमा नियुक्त भएका...

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।   आज पद तथा गोपनियताको शपथग्रहणसँगै सिंहदरबार...

खानेपानी मन्त्री यादवले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त खानेपानी मन्त्री प्रदीप यादवले पदभार ग्रहण गरेका छन् ।   आज सिंंहदरबारस्थित खानेपानी मन्त्रालयमा पुगेर उनले...

स्वास्थ्य मन्त्री पौडेलले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् ।   आज राष्ट्रपति कार्यालय शीतल...

शिक्षा मन्त्री विद्या भट्टराईले गरिन् पदभार ग्रहण

काठमाडौं । नवनियुक्त शिक्षा मन्त्री विद्या भट्टराईले पदभार ग्रहण गरेकी छन् ।   शपथ ग्रहणलगत्तै मन्त्रालय पुगेर एमाले नेतृ...

चितवन बस दुर्घटना अपडेट : १३ जनाको शव भेटियो

काठमाडौं । बस दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता भएकामध्ये हालसम्म १३ जनाको शव भेटिएको छ ।   आज सम्म...

.