टिफिन एप सार्वजनिक


काठमाडौं/ ६ माघ, नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसीआइटी) मा अध्ययनरत विद्यार्थीले कलेज टिफिन नामक एप सार्वजनिक गरेका छन् ।
क्यान्टिन तथा वरिपरिका रेस्टुरेन्टमा खाजा खाने समयमा हुने अत्यधिक भीडको समस्यालाई दृष्टिगत गर्दै एप तयार पारेको कलेज टिफिनका संस्थापक अर्जुन घिमिरेले बताए । क्याम्पसमा हुँदा हामीलाई खाजा खान ४० मिनेटको समय छुटाइएको हुन्छ, उनले भने, क्यान्टिनमा हुने भीडले गर्दा न आफूले भनेको समयमा खाजा खान पाइन्छ न त समयको बचत नै हुन्छ । त्यो बिचको समयलाई खेर जान नदिन के गर्ने भन्ने सोच्दा कलेज टिफिनको अवधारणा आएको हो ।
घिमिरेका अनुसार यो एप क्याम्पस नजिकका रेस्टुरेन्ट वा क्यान्टिन तथा विद्यार्थीले प्रयोग गर्नका लागि तयार पारिएको हो । यो एपमा क्याम्पस नजिकका क्याटिन वा रेस्टुरेन्ट लिस्टिङ गरिएको हुन्छ । विद्यार्थीले खाजा खाने समयअघि एपबाट नजिकको रेस्टुरेन्ट वा क्यान्टिनमा त्यहाँ उपलब्ध हुने खाजा प्रि–अर्डर गर्न सक्छन् । जुन होटेल, रेस्टुरेन्ट वा क्यान्टिनबाट अर्डर गर्न लागेको हो त्यहाँ नोटिफिकेसन आउँछ । नोटिफिकसेन आइसकेपछि होटेलले खाजा तयार हुन लाग्ने समयको मेसेज नोटिफिकेसन मार्फत पठाउँछन् । यति गरेपछि होटेलमा खाजा तयार हुन थाल्छ । खाजा तयार भइसक्यो भने उक्त विद्यार्थीलाई पुनः खाजा तयार भएको नोटिफिकेसन जान्छ । त्यसपछि विद्यार्थी उक्त होटेल, रेस्टुरेन्ट वा क्यान्टिनमा गएर खाजा खान सक्छन् । खाजा अर्डर गर्ने व्यक्ति त्यही नै हो भन्ने कुरा त्यहाँ हुने ओटिपी कोडले पुस्टी गर्ने एपका डेभलपर सरोज दाहाल बताउँछन् ।
अर्डर गरेर भुक्तानी गर्दा विद्यार्थीलाई चार डिजिजको ओटिपि कोड आउँछ, एपको प्राविधिक पक्षबारे जानकारी दिदै दाहालले भने। त्यही ओटिपि कोडका आधारमा रेस्टुरेन्टले अर्डर गर्ने विद्यार्थी पहिचान गर्न सक्छ । त्यस्तै केहीगरि अर्डर क्यान्सिल गर्यो भने पैसा तत्कालै रिफन्ड हुने उनको भनाइ छ ।
‘कलेजले खाजा खानका लागि ४० मिनेट ब्रेक दिएको हुन्छ, खाजा बनाउन होटेल र क्यान्टिनलाई समय लाग्छ उता कक्षा सुरु भइसकेको हुन्छ अनि ढिलो गएपछि कक्षा छुट्ने र गाली खानुपर्ने समस्या छ यसको समाधान गर्ने उद्देश्य हाम्रो हो कलेज टिफिनका प्रमुख कार्यकारी अधिकृत विवेक ढकालले बताए ।
एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट
काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...
लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार...
एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे
काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ...
माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् । शुक्रबार...
त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि
काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ । भन्सार...
खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो
काठमाडौं : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् । केन्द्रीय...