लसुनका केही चामत्कारिक गुणहरु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं/ ५ माघ, लसुनलाई आयुर्वेदमा ठूलो औषधि मानिन्छ । लसुनको गुण आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकार गरेको छ । लसुनको केस्रा मात्र होइन हरियो पातले पनि तरकारी स्वादिलो बनाउने मात्र नभई पेट सम्बन्धि विभिन्न विकार पनि हटाउँछ । लसुन प्राय हामीले दाल, तरकारी र अचारको स्वाद बढाउन प्रयोग गछौं । यसले हाम्रो स्वास्थ्यलाई धेरै नै फाइदा पुर्याउँछ । नियमित लसुनको प्रयोग गर्नाले धेरै थरीका रोगहरुबाट छुट्कारा मिल्छ । हरेक प्रकारको भोजनमा प्रयोग गर्न सकिने लसुनले शरीरभित्र पैदा हुने अनेकौँ रोगहरुलाई नास गर्छ । यो धेरै प्रकारको रोगहरुको रोकथाम तथा उपचारमा प्रभावकारी हुन्छ । केही खानुभन्दा पहिले लसुन खानुहुन्छ भने यसले तपाईंको ताकत बढाउने गर्दछ । लसुनमा एलिसिन भन्ने तत्वले रोग प्रतिरोधी क्षमता बढाउँछ । लसुन एकप्रकारको महत्वपूर्ण प्राकृतिक एन्टिबायोटिक हो । बिहान खाली पेटमा लसुन खानाले ब्याक्टेरिया ओभरएक्सपोज्ड हुने गर्दछ । लसुनको शक्तिले यस्ता ब्याक्टेरियाहरु आफ्नो रक्षा गर्न सक्दैनन् ।

लसुनको फाइदाहरु :

१. उच्च रक्तचापबाट बचाउँछ : लसुन खानाले हाइपरटेन्सनको लक्षणबाट राहत मिल्छ । यसले मानिसहरुको रक्त संचारलाई नियमित राख्नुको साथ साथै हृदयसम्बन्धी समस्याहरुबाट पनि टाढा राख्दछ । यसका साथै यसले फोक्सोलाई पनि फाइदा पुर्याउने गर्दछ ।

२. झाडा–पखाला कम गर्छ : पेटसँग सम्बन्धित समस्याहरु जस्तै झाडापखाला आदिको उपचारमा पनि लसुन प्रभावकारी मानिन्छ ।

३. भोक बढाउँछ : यसले पाचन प्रक्रियालाई उत्तेजित गरी भोक बढाउँछ । लसुनले तपाईंको तनावलाई पनि कम गर्ने गर्छ । जतिबेला तपाईंलाई डर लाग्छ तब पेटमा एसिड बन्ने गर्दछ । लसुनले यस्तो प्रकारको एसिड बन्नबाट रोक्दछ ।

४. श्वास–प्रणालीलाई बलियो बनाउँछ : लसुन श्वास प्रश्वास प्रणालीका लागि निकै लाभदायक मानिन्छ । यसले ट्युबरक्लोसिस, निमोनिया, ब्रोन्काइटिस, फोक्सोमा जमेको कफ आदि रोकथाम तथा उपचारमा निकै प्रभावशाली भूमिका खेल्छ ।

५. क्षयरोगमा लाभकारी : क्षयरोगमा लसुनमा आधारित यो उपचारलाई निकै लाभदायक मानिन्छ । एक दिनमा लसुनको पोटी पूरै खानुहोस् । यदि तपाईं काँचो लसुनको सेवन गर्नसक्नुहुन्न भने त्यसलाई पोलेर अथवा भुटेर खानुहोस् ।

. लसुनबाट वैकल्पिक उपचार : जब दुव्र्यसनी तथा कुलत छुटाउने कुरा आउँछ तब वैकल्पिक उपचारको रुपमा लसुन निकै प्रभावशाली मानिन्छ । लसुन यति धेरै शक्तिशाली हुन्छ कि यो शरिरमा परजीवि र किराहरुबाट बचाउँछ । विभिन्न रोगहरु जस्तै डाइबिटिज, डिप्रेसन तथा केहि प्रकारको क्यान्सरसमेतको रोकथाममा पनि सहायक हुने गर्दछ ।

लसुनमा भिटामिन सी हुने हुनाले यसले स्कर्भी नामक रोगबाट समेत बचाउँछ । लसुनले कब्जियतको समस्या पनि दुर गरिदिन्छ । सूजन, जोर्नी दुख्ने, खोकी जस्ता समस्याको उपचारमा पनि लसुन प्रभावकारी हुन्छ । चिसोका कारण अपच भएर पेट ढाडिएको छ भने लसुन पोलेर खानुहोस् त्यसले चिसो र अपच हटाइदिन्छ ।

लसुनको प्रयोग गर्दा सावधानी : यदि तपाईंलाई लसुनबाट कुनै प्रकारको एलर्जी छ भने यी दुई कुरामा ध्यान दिनुहोस् –

-कहिले पनि यसलाई काँचो नखानुहोस् । पकाएर खाँदा पनि तपाईंलाई छालासँग सम्बन्धित केहि समस्या देखा पर्न सक्छ ।

– ज्वरो आउँछ, टाउको दुख्छ भने यसको सेवन गर्न बन्द गर्नुहोस् ।

अन्त्यमा,

यसरी परम्परागत घरेलु औषधिको रुपमा तथा आयुर्वेदिक औषधिको रुपमा प्रयोग हुँदै आएको लसुनमा औषधिय गुण हुन्छ भन्ने कुरा एलोप्याथिक विशेषज्ञहरु पनि मान्दछन् । यसै कारणले गर्दा चिकित्सकहरुले बिरामीलाई सन्तुलित भोजनको बारेमा सल्लाह दिँदा खानामा लसनुको प्रयोग फाइदाजनक हुने सल्लाह दिन्छन् । यस्तै, साउथ अष्ट्रेलिया विश्वविद्याललयेल गरेको अध्ययनले पनि नियमित लसुनको प्रयोगले ट्युमरको सम्भावनालाई एक तिहाईले घटाइदिने गर्छ । पछिल्लो समय जियान्सु प्रोभिनिकल सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले १ हजार ४ सय २४ जना फोक्सोका क्यान्सर भएका मानिस र ४ हजार ५ सय स्वस्थ्य व्यक्तिहरुमा यस्तो अध्ययन गरेको बताइएको छ । लसुनको प्रभावबारे गरिएको अध्ययनले विभिन्न रोगहरूको सम्भावनालाई कम गर्ने निष्कर्ष निकालिएको छ तर, पकाएको लसुनले भने काँचो लसुनको तुलनामा कम काम गर्ने एलोप्याथिक विशेषज्ञहरुको भनाई छ । त्यसैले लसुनको प्रयोग बढाउनुस् र स्वस्थ्य रहनुस ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.