ताली बजाउनुहोस्, यी रोगहरु भगाउनुहोस्

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं/ ५ माघ, शीर्षक देखेर तपाईं हाँस्नुहुन्छ होला । तर, सही हो, ताली स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । हामी सामान्यतः खुशी हुँदा या कसैको खुशीमा सामेल हुँदा या कसैलाई प्रोत्साहित गर्दा ताली बजाउछौं । तर, यसले मुटु, दम, फोक्सो, ग्याष्ट्रिक, मानसिक बेचैनी, टाउको दुख्नेजस्ता समस्यामा छुट्कारा पाउन सहयोग गर्छ । यसले रगतको प्रवाहलाई सुचारू गर्न मद्दत गर्छ । तर, खाना खाएको एक घण्टापछि ताली बजाउनुपर्छ । राम्रो परिणाम पाउनुछ भने हातमा नरिवलको या तोरीको तेल लगाउनुपर्छ, ताकि शरीरले सोसोस् ।

हेर्नोस्, ताली बजाउनुका फाइदाहरूः

१. पाचन समस्यामा : ताली पाचन समस्या भएकाहरूका लागि अचूक औषधि हो । तर, विधिसम्मत तरिकाले ताली बजाउनुपर्छ । ताली बजाउँदा दाहिने हातका चार औंलामा जोड पर्नुपर्छ । यो अभ्यास बिहान उठ्ने बित्तिकै कम्तीमा पनि १५ मिनेट गर्नुहोस् । जति बढी समय यो अभ्यास गर्नुहुन्छ, उति चाँडो तपाईंले परिणाम पाउनुहुन्छ ।

२. ढाड, घाँटी, जोर्नी दुख्नेहरुका लागि : ढाड, घाँटी, जोर्नी दुख्नेहरुले दैनिक १५ देखि २० मिनेटसम्मको अभ्यास गरेमा समस्याबाट लाभ मिल्छ । यसका लागि औंलाले औंलामा जोड दिनुपर्छ । उपयुक्त विधिले चाँडो परिणाम दिन्छ । तर, गलत विधिले नराम्रो असर चाहिँ दिदैंन, ढुक्क पर्नुस् ।

३. गोलीगाँठाको समस्यामा : वृद्ध अवस्थाका व्यक्तिका लागि गोलीगाँठाको दुखाई बढी हुन्छ । यस्तो समस्यालाई तालीले दूर गरिदिन्छ । यसका लागि पनि दैनिक १५ मिनेटको अभ्यास आवश्यक पर्छ ।

४. न्युन रक्तचापमा : यदि न्युन रक्तचापको समस्या छ भने सिधा भएर उभिनुहोस् र हात हावामा माथि उठाएर ताली बजाउनुहोस् समस्याबाट छुट्कारा मिल्छ ।

५. मुटु र फोक्सोका लागि : यदि कुनै व्यक्ति मुटु र फोक्सोसंबन्धी समस्याबाट पीडित छ भने ताली सही उपचार हुन सक्छ । तालीले मुख्य र सहायक धमनीहरुमा भएका अवरोध हटाई फिट र स्वस्थ पार्छ ।

६.बच्चाका लागि उपयुक्त अभ्यास : वैज्ञानिकहरुले ताली साना बच्चाका लागि प्रभावकारी अभ्यास हो भन्ने प्रमाणित गरिसकेका छन् । यसले बच्चाहरुको हस्तलेखन क्षमता र ज्ञानमा वृद्धि गर्छ । यसले बच्चाहरुलाई मिहिनेती पनि बनाउछ र बच्चाको दिमागको विकास गर्छ ।

७. रोग प्रतिरोधी क्षमतामा वृद्धि : तालीले मानिसमा रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ र कुनै पनि रोगसंग लड्न सक्ने बनाउछ ।

नोट : ताली एक्युप्रेसरको एउटा रूप हो । कुनै गम्भीर रोग लागेको छ भने ताली बजाएर मात्र नबस्नुहोस्, तुरून्त चिकित्सकको सहयोग लिनुहोस् ।

एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...

लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ ।   महालेखा नियन्त्रक कार्यालयले बिहीबार...

एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे

काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् ।   त्रिपुरेश्वरस्थित दशरथ...

माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् ।   शुक्रबार...

त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ ।   भन्सार...

खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो

काठमाडौं  : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् ।   केन्द्रीय...

.