दूध सेवन हाडजोर्नीका लागि लाभदायक

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं/ ५ माघ, घुँडाको जोर्नी सुन्निने, ओष्टियोआर्थराइटिसजस्ता दुखाईजन्य रोगको पूर्ण उपचार हालसम्म फेला परिसकेको छैन । तर, दैनिक दूध सेवनले हाडजोर्नीको रोग निको पार्न मद्दत पुग्ने अनुसन्धानकर्ताहरुले जनाएका छन्।

दूध क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम र प्रोटिनका स्रोत हुन्, जुन हड्डी वृद्धि र विकासका लागि अनिवार्य छन् । बाल्यकालदेखि नै आवश्यकमात्रामा दुध र दुग्धजन्य उत्पादन उपभोग गर्नाले हड्डी मजबूत हुनाको साथै भविष्यमा ओस्टियोपोरोसिसजस्ता रोगसंग लड्ने क्षमतामा वृद्धि गर्छ ।

‘आर्थराइटिस केयर एण्ड रिसर्च’ नामक जर्नलमा प्रकाशित रिपोर्टका अनुसार नियमित रुपमा चिल्लोरहित दूधको सेवन गर्ने महिलामा घुँडाको ओस्टियोआर्थराइटिस ढिलो गरी भएको पाइएको थियो । तर, चिज सेवन गर्नेमा भने रोग चाँडो लागेको पाइएको थियो । तर, पुरुषमा भने यस्तो तथ्य नपाइएको अनुसन्धानकर्ताको भनाई छ । दही सेवन भने ओष्टियोआर्थराइटिस बढ्ने या घट्नेसंग संबन्धित नरहेको पाइएको छ।

अहिलेसम्म ओष्टियोआर्थराइटिस निको पार्ने कुनै औषधि निस्किएको छैन । दुख्ने समस्याबाट मुक्ति पाउन फिजियोथेरापी, तौल नियन्त्रण तथा औषधि सेवनको सल्लाह दिइन्छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार सन् २००५ सम्ममा अमेरिकामा २५ वर्षसम्मका २ करोड २७ लाख वयस्कहरु ओष्टियोआर्थराइटिसको समस्याबाट पीडित थिए । वैज्ञानिकका अनुसार ८५ वर्षको उमेरसम्ममा २ जनामध्ये एक जनामा ओष्टियोआर्थराइटिस हुन सक्छ भने ३ मध्ये २ जना मोटा व्यक्ति पनि यस्तो समस्याबाट पीडित हुन सक्छन्।

यसका साथै दुधमा हुने क्याल्सियम र फोस्फोरसको मात्राले दाँतको विकास र निर्माणमा मद्दत र्पुयाउँछ । दुधमा पाइने प्रचुर प्रोटिनले दाँतको इनामेलको पातलो आवरण निर्माण गर्छ । यो आवरणले दाँत अम्लीय पदार्थको सम्पर्क आउँदा इनामेलबाट क्याल्सियम र फोस्फेट क्षति हुनबाट बचाउँछ । दुधले गुलिया खानाबाट दाँतलाई हुने असरबाट पनि बचाउँने अनुसन्धानहरुले देखाइसकेका छन् । यसैले पनि दन्तरोग विशेषज्ञहरुले दूधलाई खानाको बीचमा पिउँने सुरक्षित तरल पदार्थ भनेका छन् । यसले दाँतलाई सडनबाट पनि बचाउँछ ।

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण

काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्‍मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय...

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् ।   आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...

.