प्रतिनिधिसभाको देवराज घिमिरे निर्वाचित

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं/ ५ माघ, प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । झापा निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । घिमिरेले १६७ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाइन् । उनी नेपाली कांग्रेसकी प्रतिनिधि सभा समानुपातिक सदस्य हुन् । मत दिन्न भन्ने पक्षमा एक मत मात्र परेको छ। 

सभामुख घिमिरेको बाल्यकाल

सभामुख घिमिरेको बाल्यकाल ताप्लेजुङ जिल्लामा बितेको थियो । ताप्लेजुङको साविक सिकैँचा गाविस (हाल सिरिजङ्घा गाउँपालिका वडा नं ३) मा बुवा पदमप्रसाद घिमिरे र आमा भीमकुमारी घिमिरेको कोखबाट भएको हो । १२ जना छोराछोरीमध्ये घिमिरे माइलो छोराको रुपमा वि.सं. २०१३ साल जेठ १३ गते जन्म भएको हो । 

निम्न मध्यम परिवारमा जन्मिएका घिमिरेले गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिए । उनले ताप्लेजुङ सदरमुकाम फुङलिङको भानु पब्लिक हाई स्कुलबाट वि.सं. २०२९ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । उच्च शिक्षाका लागि उनी धरान हुँदै काठमाडौं आएका थिए । धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आईए र त्रिचन्द्र क्याम्पस काठमाडौंमाबाट उनले स्नातक तहसम्मको अध्ययन गरेका छन् । 

राजनीतिमा प्रवेश

वि।सं। २०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारीको–अर्डिनेशन कमिटी ९कोके० गठनपछि विद्यार्थी सङ्गठनमार्फत पार्टी काममा होमिएका हुन्। २०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर गाउँ–गाउँ पुगेर पार्टीको सङ्गठन निर्माणमा खटिएका घिमिरेले भूमिगत भएर काम गरेको तीन वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका हुन् । 

राजनीतिक जिम्मेवारी

२०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका घिमिरेले आफ्नो ४५ वर्षे लामो औपचारिक राजनीतिक जीवनमा विभिन्न जिम्मेवारी पाएका छन् । उनको कम्युनिस्ट राजनीतिमा पूर्वी क्षेत्रमा विशेष योगदान रहेको छ। २०३५ साल पुस ११ गते कम्युनिष्ट घटक मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक बने। २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुखको जिम्मेवारी पाएका उनले २०४९ सालमा नेकपा माले र नेकपा एकीकृतको एकीकरणपछि सम्पन्न नेकपा ९एमाले० को पाचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य हुने अवसर पाए।

२०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज बनेका उनी २०५८ सालमा केन्द्रीय विभाग अन्तरगत स्वास्थ्य विभागको इन्चार्ज भए। त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघको इन्चार्जको जिम्मेवारी पूरा गरेको अनुभव उनीसँग रहेको छ। 

२०७५ सालमा नेकपाको प्रदेश १ अध्यक्षको जिम्मेवारी सम्हालेका उनले एमालेको दशौं महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नं. १ को इन्चार्ज बने। पञ्चायत अवधिमा उनी राजनीतिक गतिविधिकै कारण पटक पटक पक्राउ परेका थिए। २०५६ सालमा राष्ट्रिय सभा सदस्य बनेका घिमिरे पहिलो पटक प्रतिनिधि सभामा निर्वाचित भएका हुन्। बिहीबार प्रतिनिधि सभाको सभामुख निर्वाचित भएसँगै उनले पहिलो पटक सबैभन्दा ठूलो राजनीतिक जिम्मेवारी पाएका हुन्। 

‘नेताको कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो’

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुक अहिले कमजोर भएको टिप्पणी गरेका छन् ।   आज...

‘कांग्रेसले समिति होइन सरकार माग गरेको हो’

काठमाडाैं । नेकपा एमालेको प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति माग नगरी सरकार...

रामकुमारी झाँक्रीले दिइन् रविलाई चुनौती

काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको विभिन्न आरोपमा प्रतिक्रिया जनाएकी छन्...

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा दायर गरेको रिटको हेर्न नभ्याइनेमा परेको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएका छन् ।   उनले...

.