सुन्दरहरैचामा पूर्णकालीन अस्पताल सेवा

स्टार संवाददाता
स्टार संवाददाता

उर्लाबारी/ ३ माघ,पूर्वाञ्चल विश्वविद्यालयको मुख्य कार्यालय रहेको मोरङको सुन्दरहरैचा ८ गोठगाउँमा पूर्णकालीन अस्पताल सेवा बिस्तार गरिएको छ । २०५० सालमा विश्वविद्यालय स्थापना भएपछि स्थानीयले गोठगाउँमा अस्पताल र मेडिकल कलेज सञ्चालन हुनुपर्ने माग गर्दै आएका थिए । 

तर, विश्वविद्यालयको मुख्य कार्यालय विराटनगरबाट गोठगाउँमा सार्न नै २६ वर्ष लागेका थियो । मुख्य कार्यलय गोठगाउँमा आएपछि स्थानीय नागरिक र राजनीतिक दलका नेताले पूर्णकालिन अस्पताल सञ्चालन र शिक्षण अस्पताल सञ्चालन गर्न माग गरेका थिए । बहुप्रतिक्षित अस्पताल सेवा बिस्तार भएसँगै स्थानीयको गुमेको खुसी फर्किएको छ ।

अस्पताल सेवा विस्तार कार्यक्रमको शुभारम्भ गर्दै नेपाली कांग्रेसका वरिष्ट नेता एवं प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले सरकारले विश्वविद्यालयलाई दिने अनुदान बढाउन माग गरे । डा. कोइरालाले भने ‘विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा सरकारले दलीय भागवण्डा लगाउने अनि अनुदान माग्दा पूर्वाञ्चल विश्वविद्यालय सरकारी होइन, समूदायबाटै चलाउँ भन्न पाइदैन ।’

कोइरालाले चार करोड रुपियाँ अनुदान दिएर विश्वविद्यालय नचल्ने बताउँदै यही अवस्थामा मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालन गर्न चुनौती रहेको उल्लेख गरे। कोइरालाले तत्कालिन प्रधानमन्त्री गिरजाप्रसाद कोइरालाले भारतको बनारस हिन्दु विश्वविद्यालयको मोडलमा विकसित गर्न पूर्वाञ्चल विश्वविद्यालय स्थापना गरेको उल्लेख गर्र्दै समय समयमा हुने सरकार परिवर्तनले उहाँको सपना पुरा नभएको बताए ।  

राष्ट्रिय सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता रमेशजङ्ज रायमाझीले १ नम्बर प्रदेशका नागरिकलाई सुलभ स्वास्थ्य सेवा दिने उदेश्यले अस्पतालको विस्तारत सेवा शुभारम्भ गराएको बताए । राजमाझीले भने, ‘‘पूर्वाञ्चल विश्वविद्यालयमा शिक्षण अस्पताल र मेडिकल कलेज सञ्चालनमा राजनीतिक रङ्ग नदिई काम गरौं । प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ । हाम्रो अभियान सफल हुन्छ ।’’

राष्ट्रिय सभाका अर्का सांसद गोपी अछामीले दलगत स्वार्थ र कामको जस कसले लिने भन्नेमा नअल्मलिन आग्रह गरे । आफू वर्तमान प्रधानमन्त्रीको प्रतिनिधि समेत भएको बताउँदै उनले हिजो मोरङको गछिया आएर पनि प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज र अस्पताल सञ्चालन गर्ने विषयमा प्रतिवद्धता जनाउनु भएकोले यस क्षेत्रका नागरिकको सपना पूरा हुने बताए। 

विश्वविद्यालयका उपकुलपति प्रा डा यादवराज कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा मोरङ ३ का प्रतिनिधि सभा सदस्य डाक्टर सुनील शर्मा, सुन्दर हरैचा नगरपािलकाका मेयर केदारप्रसाद गुरागाई, अस्पताल निर्देशक डा. विपेश आचार्य लगायतले मन्तव्य राखेका थिए । हाल विश्वविद्यालय परिसरमा १० बजे देखि १ बजेसम्म अस्पताल सेवा सञ्चालन भइरहेको छ । त्यस्तै १० देखि ४ बजेसम्म आकस्मिक सेवा सञ्चालन भइरहेको छ । 

गौतमबुद्ध विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई सरकारले ५ लाख दिने

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई ५ लाख रुपैयाँ...

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण

काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले लिएकाे विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ९४ जना उत्तीर्ण भएका छन् । २७ औं विशेष परीक्षामा १८३...

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्‍मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय...

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

.