दश वर्षमा हजार जनाको मिर्गौला प्रत्यारोपण

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौ/ ३ माघ, भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षमा एक हजार बिरामीको मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रमा हाल दैनिक चार जनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । धर्मभक्त प्रत्यारोपण केन्द्रमा पहिलो पटक २०६९ माघ ६ गते मिर्गौला प्रत्यारोपण गरिएकोे थियो । केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले सुरुमा प्रत्यारोपण गराउन बिरामी पाउनै मुस्किल रहेकोमा हाल तीन सय जना बिरामी प्रत्यारोपणको पालो पर्खाइमा रहेको जानकारी दिए।

केही वर्षयता औसत वार्षिक दुई सय जनाका दरले प्रत्यारोपण हुन थालेको जानकारी दिँदै उनले नेपालमा आफ्नो नेतृत्वमा एक हजार ४८ जनाको मिर्गौला प्रत्यारोपण गरिसकिएको बताए। डा. श्रेष्ठको नेतृत्वमा धर्मभक्त प्रत्यारोपण केन्द्र, वीर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदै आएको छ । 

एउटा केन्द्रमा एक हजार जनाको मिर्गौैला प्रत्यारोपण हुनुलाई ऐतिहासिक सफलता भएको उनले बताए । विश्वभरि नै मिर्गौला रोगको प्रकोप बढिरहेको भन्दै उनले रोगको पहिचान तथा उपचार र रोकथामका महìवपूर्ण उपायबारे नागरिकलाई सचेत गराउनुपर्नेमा जोड दिए । विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक १० जनामध्ये एक जनालाई कुनै न कुनै किसिमको मिर्गौला रोग लाग्ने गरेको अनुमान छ ।

डा. श्रेष्ठका अनुसार नेपालमा बर्सेनि करिब तीन हजार जनाको मिर्गौला फेल हुने गरेको छ । उनीहरूमध्ये धेरैको मिर्गौला प्रत्यारोपण हुन नसकेर मृत्यु हुने गर्दछ । डा। श्रेष्ठले मस्तिष्क मृत्युपश्चात् अङ्गदान तथा अङ्ग प्रत्यारोपण गर्न सकिने व्यवस्था भए पनि हालसम्म नगन्य सङ्ख्यामा मात्र प्रत्यारोपण भएको जानकारी दिए । उनले मस्तिष्क मृत्यु भएको जानकारी प्राप्त नहुँदा छ वर्षको अवधिमा जम्मा चार जना अङ्गदाताबाट प्राप्त आठवटा मिर्गौला र दुईवटा कलेजो मात्र प्रत्यारोपण हुन सकेको बताए । 

श्रेष्ठका अनुसार भक्तपुर अस्पतालका लागि निर्माण भएको जम्मा एक सय शøयाको भवनमा केन्द्रले प्रत्यारोपण सेवा सञ्चालन गरेको थियो । स्थान अभावका बीच पनि नेपालमै पहिलो कलेजो प्रत्यारोपण, दैनिक चार जनाको मिर्गौला प्रत्यारोपण र मस्तिष्क मृत्यु भएका व्यक्तिको मिर्गौला र कलेजो अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको उनले बताए।

गत १० वर्षको अवधिमा एक हजारको प्रत्यारोपण गरिएकोमा ९९ प्रतिशत सफलता मिलेको छ । प्रत्यारोपण क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी मुलुकको सातवटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्न सकिने उनको भनाइ छ । 

कांग्रेस महामन्त्री थापाकाे संवाद यात्रा फेरि सुरू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेरि संवाद यात्रा सुरू गरेका छन् । नयाँ वर्षको सुरुआतसँगै बाँकेदेखि कञ्चनपुरसम्म...

एमाले सचिवालय बैठक आइतबार

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । वैशाख २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो बस्ने गरी...

एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित

काठमाडौं । नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् ।   १०औँ जिल्ला अधिवेशनबाट पदमपाणी शर्मालाई १०१...

प्रधानन्यायाधीश श्रेष्ठले दिए नयाँ वर्ष २०८१ काे शुभकामना

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नयाँ वर्ष २०८१ काे शुभकामना सन्देश दिएका छन् ।   उनले परापूर्वकालदेखि नेपाली समाजमा रहिआएको...

‘नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन’

काठमाडाैं । गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् ।   शनिबार नयाँ वर्षको अवसरमा थापाथलीस्थित...

‘समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्छ’

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको...

.