नेपाली कांग्रेस बागमती प्रदेशको उपनेतामा चित्रकार, मुख्य सचेतकमा काफ्ले


काठमाडौ/ २ माघ, नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलको उपनेतामा रामकृष्ण चित्रकार र मुख्य सचेतकमा कुन्दनराज काफ्ले नियुक्त भएका छन् ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले चित्रकारलाई उपनेता र काफ्लेलाई मुख्य सचेतकमा नियुक्त गरेको हो ।
कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको अध्यक्षतामा बसेको बैठकले प्रदेश सांसद चित्रकार र काफ्लेलाई मनोनीत गरेको हो ।
चित्रकार ललितपुर क्षेत्र नं. २ को ख प्रदेश निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन् भने काफ्ले प्रदेशसभामा दोलाखा प्रदेश निर्वाचन क्षेत्र नं क बाट निर्वाचित सांसद हुन् ।
२०६४ मा संविधानसभा सदस्यमा निर्वाचित भएका चित्रकार नेपाली काँग्रेसका महासमिति सदस्य तथा नेविसंघका पूर्वउपाध्यक्ष समेत हुन् । नेविसंघका पूर्वमहामन्त्री काफ्ले कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यसमेत हुन्।
बैठकले पोखरामा भएको यति एरलाइसन्सको विमान दुर्घटनामा मृत्यु भएको परिवारप्रति समवेदना व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ ।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...