मुलुक तीन पूर्वप्रधानमन्त्रीको अखडाजस्तो भयो – गगन थापा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौ/ ३० पौष, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्वप्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै उनले ४ मंसिरको चुनावपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै थापाले पूर्वप्रधानमन्त्रीहरुबीचको झेलबाट मुलुकलाई जोगाउन आवश्यक रहेको बताए ।

KEEP READING

‘नेपालको राजनीतिक कस्तो भयो भने तीन जना भूतपूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भयो । कुन चाहिँ भूतपूर्व प्रधानमन्त्रीले कुन चाहिँ भूतपूर्व प्रधानमन्त्रीलाई झुकाउनु भयो रु आइतबार फलानोले झुकाउनुभएको थियो । सोमबार अर्कोले ठहरै पार्नुभयो’ थापाले भने ।
थापाले अगाडि भने, ‘तीन जना भूतपूर्व प्रधानमन्त्रीहरु त्यो एउटा अखडाभित्र कसले कसलाई छक्याउने, कसले कसलाई ढाल्ने, तीन वटा प्रधानमन्त्रीको क्लब जस्तो ।’

महामन्त्री थापाले नेपालको राजनीतिलाई सही ठाउँमा ल्याउन संसदमा सबै राजनीतिक दलका सांसदहरुले मिलेर बहसलाई अघि बढाउनुपर्ने बताए ।

नागरिक उन्मुक्ति पार्टीले फिर्ता बोलायो सुदूरपश्चिमका आफ्ना दुई मन्त्री

कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाले आफ्ना दुई मन्त्रीलाई सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता बोलाएको छ । सुदूरपश्चिममा नाउपाका कैलाश...

लुम्बिनीका ४ जिल्लामा सोमबार सार्वजनिक बिदा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले छठ पर्व समापनको अवसरमा चार जिल्लामा सोमबारका लागि सार्वजनिक बिदा दिने भएको छ ।...

कोशी सरकारविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । कोशी सरकारविरुद्ध परेको रिटको सुनुवाइ आजदेखि नियमित शुरु हुने भएको छ । प्रदेश सरकारको विश्वासको मत विरुद्ध...

उपसभामुख सिर्जना दनुवारको सञ्चालनमा कोशी प्रदेश सभा बैठक बस्दै

काठमाडौं । उपसभामुख सिर्जना दनुवारको सञ्चालनमा कोशी प्रदेशसभाको बैठक आज बस्ने भएको छ । निवर्तमान मुख्यमन्त्री कार्कीको विश्वासको मत...

कोशीमा सरकार गठनको लागि दिएको समय सकिँदै, सभामुखलाई राजीनामा गराएर सरकार बनाउने तयारी

काठमाडौं । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय सीमा आज सकिँदै छ ।...

सरकार गठन नभएसम्मका लागि हिक्मत कार्कीले कोशी सरकारको नेतृत्व सम्हाल्ने

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीबाट पुनर्वहाली भएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुन: कार्यभार सम्हाल्ने भएका छन् । बिहीबार...

.