स्वास्थ्य जाँचका लागि वर्षमान पुन चीन प्रस्थान
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नियमित स्वास्थ्य जाँचका लागि चीन प्रस्थान गरेका छन् ।
पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीमगरसहित उपमहासचिव पुन दिउँसो १२ बजे चीनका लागि प्रस्थान गरेका हुन् । सचिवालय स्रोतका अनुसार पुन एअर चाइनाको उडान नम्बर ४३८ मार्फत चीन उडेका हुन् ।
उनी नियमित फलोअपमा गएको र २५ गते स्वदेश फर्किने सचिवालयले जनाएको छ । वंशाणुगत जण्डिसको समस्या देखिएका उपमहासचिव पुनले यसअघि पनि चीनमा उपचार गराउँदै आएका छन् ।