कैलालीमा जापानी इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु, ४ संक्रमित
काठमाडौं । जापानी इन्सेफलाइटिसको संक्रमणबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ ।
लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट कैलालीको घोडाघोडी नगरपालिकामा दुई जनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय कैलालीले घोडाघोडी नगरपालिकाका ९ वर्षीय बालक र ६० वर्षीय पुरूषको जापानी इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको जानकारी दिएको हो ।
यस्तै, कैलालीको गौरीगङ्गा, घोडाघोडी र धनगढी उपमहानगरपालिकामा थप चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । कार्यालयका अनुसार गौरीगङ्गामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा १ जना एक ४६ वर्षीय महिला र धनगढीमा ५ महिनाको बालकमा संक्रमण पुष्टि भएको छ ।
संक्रमितको उपचार विभिन्न अस्पतालमा भइरहेको बताइएको छ । पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापनिज इन्सेफलाइटिस रोग सर्ने गर्दछ । यो रोग लामखुट्टेले सुँगुर, बुँगुर र हाँस आदिलाई टोकेर मानिसलाई सार्छ । तर संक्रमित मानिसबाट मानिसमा भने सर्दैन ।