sevenstartv.com २२ असोज २०८१, मङ्गलवार

सुदूरपश्चिममा कांग्रेसले टुंगो लगायाे मन्त्रीहरुको नाम

२१ साउन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिमका मन्त्रीहरुको नाम टुंगो लगाएको छ । अहिले १ बजे बस्ने संसदीय दलको बैठकले मन्त्रीहरुको नामलाई अन्तिम रुप दिनेछ । प्रदेश महामन्त्री मेघराज खड्काका साथै बहादुर थापालाई मन्त्री बनाउने तयारी छ ।

दुई राज्यमन्त्रीमा गीता चौधरी र ललिता सुनुवारको सम्भावना छ । सत्तारुढ दलहरुबीच भएको भागवण्डामा कांग्रेसले मुख्यमन्त्री र तीन मन्त्रालय तथा एमालेले ३ मन्त्रालय पाएको थियो ।

 नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा समेट्न कांग्रेसले आफूले पाएको एउटा मन्त्रालय नाउपालाई दिने भएको छ । एमालेले २ बजे संसदीय दलको बैठक बोलाएको छ । ३ बजे मुख्यन्त्री कमलबहादुर शाह र मन्त्रीहरुको सपथ कार्यक्रम राखिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्