कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक दिउँसो ३ बजे बोलाइएको छ । कुल ४० सदस्य रहेको प्रदेश सभामा विश्वासको मत लिन २१ जनाको समर्थन आवश्यक पर्दछ ।
कँडेल नेपाली कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । प्रदेश सभामा हाल नेपाली कांग्रेसका १४ र नेकपा एमालेका १० सांसद छन् । दुई दलका प्रदेश सभा सदस्यको मत उनलाई विश्वासको मत पाउन पुग्ने छ ।