कोशी प्रदेशसभाको बैठक भदौ १८ गते बस्ने
काठमाडौं । कोशी प्रदेशसभाको बैठक भदौ १८ गते बस्ने भएको छ । चालू आर्थिक वर्षको बजेट पारित गरेपछि असार ८ गते स्थगित प्रदेशसभाको बैठक अझैसम्म बस्न सकेको छैन ।
जनसरोकारका विषय छलफल गर्नुपर्ने भन्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केही दिनअघि नै तत्काल प्रदेशसभाको बैठक राख्न माग गरेका थिए ।
केन्द्रको राजनीतिक समीकरण बदलिएसँगै कोशीमा कांग्रेसमा सरकारमा को जाने भन्ने विषय नै टुंगो नलागेपछि कांग्रेसको मन्त्रिपरिषद्मा सहभागी भएपछि बैठक राख्ने सरकारको भनाइ थियो ।