sevenstartv.com २२ असोज २०८१, मङ्गलवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

४ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । 

आज आचार्यले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएसँगै मत विभाजन गर्दा उनले ७० मत पाएका हुन् । उनको विपक्षमा ११ मत मात्र परेको सभामुख तुलाराम घर्ती मगरले बताए । 

आचार्य साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । आज आचार्यलाई  माले र कांग्रेससहित जसपा, लोसपा र  नागरिक उन्मुक्ति पार्टीका सांसद्ले विश्वासको मत दिएका छन् । 

.विपक्षमा माओवादी र राष्ट्रिय जनमोर्चाका सांसद्ले मतदान गरेका छन्  । राप्रपाका सांसद् भने तटस्थ बसेको सभामुखले जानकारी दिए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्