sevenstartv.com २२ असोज २०८१, मङ्गलवार

कर्णाली सरकारमा कांग्रेस सहभागी

२० साउन २०८१, आइतवार स्टार संवाददाता

कर्णाली प्रदेशमा कांग्रेस सरकारमा सहभागी भएको छ । कांग्रेसबाट सहभागी ४ जना मन्त्रीलाई आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।  

कांग्रेसबाट सामाजिक विकासमन्त्रीमा दैलेखका घनश्याम भण्डारी , आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका राजीवविक्रम शाहले सपथ लिएका छन् भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सल्यानका सुरेश अधिकारीले सपथ लिएका छन् । जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा हुम्लाकी विजया बुढाले सपथ लिएकी छिन् ।

माओवादी सरकारबाट बाहिरीएपछि खाली रहेका मन्त्रालयमा नेपाली कााग्रेसका ४ जना सांसदलाई नियुक्त गरेपछि कर्णाली प्रदेश सरकारले पनि पूर्णता पाएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्