कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार विश्वासको मत लिने
काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने भएका छन् । कँडेलले साउन २१ गते सोमबार संसद्बाट विश्वासको मत लिने भएका हुन् । त्यसका लागि उनले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
कँडेलले शनिबार पत्र दर्ता गराएका हुन् ।कँडेलले संविधानको धारा १८८ को उपधारा २० बमोजिम विश्वासको मत लिनेछन् । कँडेलले अब नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्ने तयारी गरेका छन्
।शुक्रबार कांग्रेसकातर्फबाट चार जना मन्त्रीको नाम सिफारिस भएपनि कँडेलले शपथ गराएका छैनन । सम्भवतः आइतबार उनीहरुको शपथ हुने छ भने सोमबार विश्वासको मत लिने तयारी कँडेलको छ ।