हुम्लामा बाक्लो हिमपात

काठमाडौं । हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात सुरु भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको हो ।
सदरमुकाम सिमकोटमा अहिले हिउँ एक इन्चसम्म जमेको छ । लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ । यस वर्ष जिल्लामा पाँचौँ पटक हिमपात भएको हो । यस वर्षको पहिलो हिमपात गत मङ्सिर ११ गते भएको थियो ।