सभापति देउवालाई कार्यप्रगति बुझाउँदै कांग्रेसका मन्त्रीहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्यप्रगति विवरणबारे जानकारी लिएका छन् ।
बिहीबार बिहान निजी निवास बुढानिलकण्ठमा बोलाएर सभपति देउवाले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन् । हालसम्म ३ जना मन्त्रीहरुले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएका छन् ।
नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरुको उपस्थिति भएको छ । त्यसमा नेपाली कांग्रेसको तर्फबाट आफूले सम्हालेको मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरुले आफूले सम्हालेको मन्त्रालयको बारेमा विस्तृत जानकारी दिएका छन् । अध्यादेशको बारेमा सकारात्मक छलफल भएको छ ।